समाज

देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रका पहाडी भेगमा मेघ गर्जनसहित वर्षा
SHARES

बैशाख १२, २०७६

    काठमाडौं : अहिले काठमाडौंसहित देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रका पहाडी भेगमा मेघ गर्जनसहित वर्षा भइरहेको बताइएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार अहिले मध्य र पूर्वीसँगै पोखरालगायत पश्चिमी पहाडी भेगमा मेघ गर्जनसहित वर्षा भइरहेको हो। अहिले मध्य प्री-मनसुनको मध्य समय रहेकाले दिउँसो अधिकांश भूभागमा आंशिक बदली भए पनि अपराह्‍नपछि मेघ गर्जनसहीत हल्का वर्षा हुने गरेको मौसमविद् सुवास रिमालले बताए। 

    उनका  अनुसार दुई तीन घण्टापछि यो प्रणाली कमजोर हुँदै जाने र  शनिबार अपराह्‍नपछि भने पहाडी भेगमा मेघगर्जनसहित वर्षा हुनेछ। हाल पश्चिमी न्यूनचापीय प्रणालीको आवृत्ति बढेसँगै यसपटक विगतका वर्षहरूभन्दा तुलनात्मक रूपमा प्री-मनसुनी गतिविधि बढी सक्रिय भएको छ। मार्च, अप्रिल र मे महिनामा एक दुई दिनमा अस्थायी प्रकृतिका वर्षा हुनु सामान्य जस्तै हो, तर यसपटक प्री-मनसुनी विशेषता नियमित प्रक्रियाभन्दा बढी सक्रिय भएको मौसमविद् रिमालले बताए। अहिले जलवाष्पयुक्त प्रणाली विकसित हुनु, तापमान बढ्दै जाने हुँदा मेघ गर्जन गराउने बादल विकसित हुने र मेघ गर्जनसहित वर्षा गराउने मौसमविद् रिमालको भनाइ छ।


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]