|
File Photo

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको दृष्टिकोणबाट पनि अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको दृष्टिकोणबाट पनि अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। बिहीबार नेपाल विश्व सम्बन्ध परिषदले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न सरकारले कुनै पहल गर्न नसकेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेका थिए।

नेपालमा भुटानी शरणार्थी, तिब्बती शरणार्थीको समस्या रहे पनि सो समस्या समाधानका लागि सरकारले कुनै पहल गर्न नसकेको अध्यक्ष शर्माको भनाइ छ। अध्यक्ष शर्माले अन्तर्राष्ट्रिय सम्बन्धलाई विस्तार गर्न मानव अधिकारको प्रत्याभूति गराउन हरेक राष्ट्र अग्रसर हुनुपर्नेमा पनि जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.