यस्तो रह्यो पहिलो, दोस्रो र तेस्रो अधिवेशन

|

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन बिहीबार सकिएको छ।  माघ ४ गतेबाट सुरु भएको तेस्रो अधिवेशनमा छ वटा विधेयक र एउटा नियमावली संशोधन गर्दै सकिएको हो।

तीन महिना बढी चलेको अधिवेशनमा २६ दिन बैठक बस्यो। २६ दिनमा प्रदेश सभाको २८ बैठक बसेको थियो। तेस्रो अधिवेशनमा मात्रै २४ घण्टा ५० मिनेट बैठक बस्यो। उक्त सममा महत्त्वपूर्ण विधेयक पारित भएको प्रदेश सभा सचिवालयले जनाएको छ। 

तेस्रो अधिवेसनमा पारित भएका विधेयकहरू

तेस्रो अधिवेशनमा सबै भन्दा पहिले सुदूरपश्चिम ‘सुदूरपश्चिम प्रदेशको सहकारी सम्बन्ध व्यवस्था गर्न बनेको विधेयक २०७५’ पारित भएको थियो। दोस्रो अधिवेशनमा दर्ता भएको विधेयक तेस्रो अधिवेशनमा पारित भएको हो। तेस्रो अधिवेशनमा ‘प्रदेशको वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’, ‘सुदूरपश्चिम प्रदेशको लोकमार्गसम्बन्धी विधेयक २०७५’, ‘सुदूरपश्चिम  प्रदेशको सुशासन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ , ‘प्रदेश सभा सचिव र सचिवालय व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ र ‘प्रदेश जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ पारित गरिएको हो।

तेस्रो अधिवेशनमा  सुदूरपश्चिम प्रदेशको प्रदेशसभा २०७४ नियमावली पहिलो पटक संशोधन गरिएको छ। मन्त्रीपरिषद्ले पेस गरेको ‘स्वरोजगार कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि २०७५’ विषयगत समितिमा छलफल भइरहेको छ। ‘औद्योगिक विकाससम्बन्धी विधेयक २०७५’ प्रदेश सभा सचिवालयमा दर्ता भएको छ। 

तेस्रो अधिवेशनको समीक्षा

अधिवेशन अन्त्य हुनु पूर्व बिहीबारको प्रदेश सभा बैठकमा सत्तारुढ दल र प्रतिपक्षी दलले तेस्रो अधिवेशनको समीक्षा गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट कर्ण मल्ल, प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी राजपाका तर्फबाट कृष्ण चौधरी र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको तर्फबाट प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सभाको तेस्रो अधिवेसनको समीक्षा गरेका थिए। 

प्रतिपक्षी दलले अधिवेशन पूर्ण उपलब्धिमूलक नरहेको बताए पनि सत्तारुढ दलका सांसदले त्यसको बचाउ गरेका थिए। उनीहरूले आगामी दिनमा प्रदेश सभालाई थप सशक्त बनाउनुपर्ने बताएका थिए। तेस्रो अधिवेसनको अन्तिम बैठकमा सरकारका तर्फबाट सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले धारणा राखेका थिए।

तेस्रो अधिवेसनको अन्तिम बैठकमार्फत बिहीबार प्रदेश जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक पारित गरिएको छ। बिहीबार प्रदेशसभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मोहनराज मल्लले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको उल्लेख गरिएको पत्र पढेर सुनाएका थिए।

यस्तो थियो पहिलो र दोस्रो अधिवेशन

२०७४ साल माघ २१ गतेबाट सुरु भएको पहिलो अधिवेशन वैशाख २० गते अन्त्य भएको थियो। जेठ २ गतेबाट सुरु भएको दोस्रो अधिवेशन असोज २३ मा सम्पन्न भएको थियो। तेस्रो अधिवेशन माघ ४ गते सुरु भएको बिहीबार अन्त्य भएको छ। पहिलो अधिवेसनमा ३ वटा विधेयक र एउटा प्रदेशसभा नियमावली पारित भएको थियो। प्रदेश सभाले सबै भन्दा बढी दोस्रो अधिवेसनमा विधेयकहरू पारित गरेको हो। 

दोस्रो अधिवेसनको पाँच महिनामा प्रदेश सभाले १३ वटा विधेयक पारित गर्‍यो। ४७ दिनमा ५३ पटक बैठक बसेको दोस्रो अधिवेसनमा प्रदेशको स्थायी राजधानी र नामांकन समेत पारित भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.