खेलकुद

केपिएलमा घरेलु टोली कर्णाली ११ को विजयी सुरुवात
SHARES

बैशाख १२, २०७६

    सुर्खेत : सुर्खेतमा बिहीबारदेखि शुरु भएको कर्णाली प्रिमियर लिग (केपिएल)मा घरेलुटोली कर्णाली ११ ले विजयी सुरुवात गरेको छ। सुर्खेतको वीरेन्द्रनगरको कालिन्चोक किक्रेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा कर्णालीले झापाको लालिगुराँस क्रिकेटलाई एकेडमीलाई ८ विकेटले हराउँदै शानदार सुरुवात गरेको हो।

    १०२ रनको लक्ष्य पछ्याएको कर्णालीले कप्तान रवीन्द्र जंग शाहीको अविजित ४५ रनको पारीसँगै १४ दशमलव दुई ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो। टस जितेर ब्याटिङ गरेको लालिगुराँसले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर १०१ रन बनाएको थियो। लालिगुँरासका लागि रोनक दाक्षिनीले २१ र अजय यादवले २० रन बनाए।

    पाहुना टोलीलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका किशोर महतोले ४ ओभरमा १४ रन मात्र दिएर तीन विकेट लिए। यस्तै दिवान पुनले पनि तीन तथा जितेन्द्र सिंह ठकुरीले दुई विकेट हात पारे।

    भोलि शुक्रबार ८ बजे न्यु होराइजन बुटवल र महेन्द्रनगर किक्रेट एकेडेमी तथा दिउँसो विभागीय टोली आर्मी र लालिगुराँस क्रिकेट एकेडमी भिड्ने छन्।

    यही बैशाख २१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागसहित ८ टोलीले सहभागिता जनाएको कर्णाली किक्रेट एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए ।

    लिगकम नकआउट फर्म्याटमा हुने प्रतियोगितमा २ समूहबाट उत्कृष्ट २ टिम सेमिफाइनल पुग्ने छन्। लिगको विजेताले पाँच लाख रुपैयाँ पाउने छ भने उपविजेताले दुई लाख हात पार्ने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले ५० हजार हात पार्नेछन् भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०/२० हजार पाउने छन्। 

    यस्तै, फाइनल खेलमा एक जना दर्शकलाई गोला प्रथाबाट रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ। प्रतियोगितामा छक्का समात्ने दर्शकलाई एक हजारको पुरुस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    प्रतियोगिताको उद्धघाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले मन्त्री रावलले झन्झटिलो प्रक्रियाका कारण कर्णाली प्रदेशमा खेल मैदान निर्माण गर्न सकस भएको बताए। प्रदेश सरकार विभिन्न निति निर्माण गर्ने चरणमा रहेका कारण तत्कालै अत्याधुनिक क्रिकेट रङ्गशाला बनाउने तीव्र ईच्छा राखे पनि काम गर्न नसकेको स्वीकार गरे। 

    कर्णाली प्रिमिएर लिगको पहिलो सिजनमा नै आफूले सुर्खेतमा प्रदेशकै सुविधासम्पन्न क्रिकेट मैदान बनाउने बाचा गरेको भए पनि विभिन्न झन्झटिलो प्रक्रियाका कारण बनाउन नसकेको भन्दै आगामी दिनमा रङ्गशाला निर्माण गर्ने आश्वासन दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]