|

कञ्चनपुर  ः कृष्णपुर नगरपालिका ३ बाणी-देखतभूली सडकखण्डमा ना ७ त ४०४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बिहीबार साँझ सात वर्षीय बालिकाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय गुलरीयाका प्रहरी नायव निरीक्षक भरत धामीका अनुसार ट्याक्टरले ठक्कर दिँदा सुभम कुमारी चौधरी डगौराको घटनास्थलमै मृत्यु भएको हो।ठक्कर दिने ट्याक्टरसहित चालक लालझाडी गाउँपालिका ३ का वीरबहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक परिवारले क्षतिपूर्तिको माग गर्दै  घटनास्थलबाट शव उठाउन दिएका छैनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.