|

चितवन : २०७२ साल वैशाख १२ गते आजकै दिन गोरखा बारपाक केन्द्रविन्दु बनाएर गएको शक्तिशाली महाभूकम्पमा परी ज्यान गुमाएकाको सम्झनामा चितवनको भरतपुर महानगरपालिकामा दीप प्रज्वलन गरिएको छ। भूकम्प गएकै दिनको अवसरमा बिहीबार सामाजिक अभियान सामार्थ्य नेपाल र सन्देश फाउन्डेशले भरतपुरले लाइन्सचोकमा संयुक्त रूपमा दीप प्रज्वलन गरेका हुन्।

विभिन्न सामाजिक संघसंस्थाका युवा, विद्यार्थी, सामाजिक अभियान्ता तथा स्थानीयको उपस्थितिमा बिहीबार साँझ दीप प्रज्वलन गरिएको थियो। सहभागीहरूले धरहराको चित्र बनाएर दीप प्रज्वलन गरेका थिए। हजारौँको ज्यान जाने गरी आएको विनाशकारी भूकम्प फेरि नदोहोरियोस, ज्यान गुमाएकाको आत्मालाई शान्ति मिलोस भन्दै सहभागीहरूले कामना गरेका थिए।

कार्यक्रममा नेपाल सरकार खानेपानी बोर्ड सदस्य संगीता भट्टराईले प्राकृतिक विपत्ति आउनु स्वभाविक भए पनि त्यसको सम्भावित क्षति र भइसकेपछिको पुनर्निर्माण लगायतका काम प्रभावकारी हुनेपर्ने बताइन्। उनले ४ वर्ष बितिसक्दा पनि सोचेजति पुनर्निर्माण हुननसक्नु दुःखद् भएको बताइन्। विपत्ति जतिवेला पनि आइपर्ने भएकाले सधैँ सतर्क रहनुपर्नेमा सन्देश फाउन्डेशन संयोजक दीवाकर राज श्रेष्ठले जोड दिएका थिए।

कार्यक्रममा गृह मन्त्रालय उच्च स्तरीय लागुऔषध नियन्त्रण तथा निर्देशन समितिका सदस्य गौरब बाबु ढकाल, मञ्जु श्री असाहाय संरक्षण केन्द्रकी अध्यक्ष मञ्जु खाँड, सामार्थ्य नेपालका प्रकाश थापा लगायतको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.