|

संखुवासभा : ठेक्का प्रक्रिया गलत भएपछि रद्द भएको ठेक्का पुनः खुलेको छ। सभापोखरी गाउँपालिकाको सडकको ठेक्का प्रक्रिया कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा भएको भन्दै विवाद आएपछि ठेक्का रोकिएको थियो। रद्द भएको ठेक्का प्रक्रियालाई कार्यालयले बिहीबार पुन खुलाएको प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले बताए। 

ठेक्का प्रक्रिया गलत भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परेको थियो। गलत प्रक्रिया भएको जानकारी पाएपछि अख्तियारले ठेक्का प्रक्रिया रोक्ने आदेश दिएको हो। गाउँपालिका कार्यालयले फागुन २८ गते ठेक्का दर्ता गर्ने अन्तिम म्याद राखेरे ठेक्का खुलाएको थियो। ठेक्का दर्ता गर्न पुगेका अधिकांश व्‍यवसायीलाई कार्यालयको मूलगेटमै युवा समूहले रोकेको व्‍यवसायीको आरोप थियो। ठेक्का दर्ता गर्न पुगेका व्यवसायी लाखबहादुर पौडेललाई कागजात बाटैमा खोसेर ज्यान मार्ने धम्की दिएपछि उने सुरक्षाको माग गर्दै उजुरी दिएका थिए। पौडेलले जिल्ला प्रशासन कार्यालयमा ज्यानको सुरक्षाको माग गर्दै उजुरी पनि दर्ता गराएका थिए ।  

६० लाखभन्दा माथिको ठेक्का खुलाउँदा विद्युतीय खरिद प्रणालीको प्रयोग गर्नुपर्ने भए पनि गाउँपालिकाले त्यसो नगरी टेण्डर आह्‍वान गरेको थियो। हार्डकपी प्रणालीको प्रयोगबाट मात्रै टेन्डर खुलाइएको थियो। खरिद प्रणाली संचालन निर्देशिका २०७४ विपरीत टेन्डर निकालिएको थियो। ठेक्काको बोलपत्र सय भन्दामाथि बिक्री भए पनि दुईवटा मात्र फर्म दर्ता भएका थिए। ठेक्का खुलाउँदादेखि नै नियमको उल्लंघन भएपछि ठेक्का प्रक्रिया  रद्द भएको थियो। 

सभापोखरी गाउँपालिकाले डके–बाह्रबीसे सडकको स्तर बृद्धिका लागि दुई खण्डमा गरेर झण्डै ३ करोडमा ठेक्का आह्‍वान गरेको थियो। सडकको स्तर वृद्धिका लागि दुईवटा मात्र कम्पनीले ठेक्का दर्ता गराएको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिकाले एउटा १ करोड ४९ लाख ९९ हजार ७४९ र अर्को १ करोड ४९ लाख ९९ हजार २५५ को ठेक्का खोलेको थियो। पहिले आइटी विभागका कर्मचारी, प्राविधिक र इन्टरनेट नभएकाले एकद्वार प्रणालीबाट मात्र गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.