|

जारी सिजन सबै खाले महत्वपुर्ण प्रतियोगिताबाट बाहिरिसकेको स्पेनिस जाइन्ट रियल म्याड्रिड आफ्नो खराव प्रदर्शन सुधार्न सकिरहेको छैन्। नयाँ प्रशिक्षक जिनेदीन जिदानले मिश्रीत नतिजा निकालेपनि टीमको अप्रत्यासित नतिजा आउने क्रम जारी छ।

स्पेनिस ला लिगा फुटबलमा रियल गेटाफेसँग बराबरीमा रोकिंदा उसको कमजोर यात्रा निरन्तर रह्यो। ला लिगा अन्तरगत बिहीबार राति भएको खेलमा रियाल गेटाफेसँग निराशजनक गोलरहित बराबरीमा रोकिएको हो। रियललाई बराबरीमा रोक्न गेटाफेका गोलरक्षक डेभिड सोरियाले लाेभ लाग्दो प्रदर्शन गरे। खेलभरनै गेटाफेलाई रियलले दवावमा राख्न सफल भएपनि रियल गोल गर्न भने असफल भयो।

बराबरीसँगै रियाल शीर्षस्थानको बार्सिलोनासँग १५ अंकले तथा दोस्रो स्थानको म्याड्रिड डर्वि एट्लेटिको म्याड्रिडसँग ६ अंकले पछि पर्दै तेस्रो स्थानमा यथावत छ। रियालको ३४ खेलबाट ६५ अंक रहेको छ। समान खेलबाट बार्सिलोनाको ८० तथा एट्लेटिकोको ७१ अंक छ। रियाललाई बराबरीमा रोक्न सफल गेटाफे ५५ अंक जोडेर चौथो स्थानमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.