|

काठमाडाै‌ं : नेपाली कम्युनिष्ट आन्दोलनका नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २० औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ। 

अधिकारीको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले कार्यक्रमको आयोजना गरको छ। २०५१ को मध्यावधि निर्वाचनपछि नौं महिनासम्म प्रधानमन्त्री भएका अधिकारी आफ्नो गाउँ आफै बनाउँ र वृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बनेका थिए।

संसदबाट निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बनेका अधिकारीको नेपालको वाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो। २०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बनेका थिए।

अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो। अधिकारीको स्मृतिमा प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी शर्मा ओली, सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा लगायत कम्युनिष्ट नेताहरुले श्रद्धा सुमन व्यक्त गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.