स्वास्थ्य

गुल्मीको दजाकोटमा झाडापखालाको महामारी
SHARES

बैशाख १३, २०७६

    गुल्मी : मुसिकोट नगरपालिका–४ मा रहेको दजाकोट गाउँ यतिबेला झाडापखालाको चपेटामा परेको छ। दजाकोटका ७५ घरधुरीका बालबालिकादेखि वृद्धवृद्धासम्म सयौँ जना  चार दिनदेखि झाडापखाला प्रभावित बनेको स्थानीय शिक्षक दुर्गा रासकोटीले बताए।  

    संक्रमण थप बढ्ने डरले दुई दिनदेखि स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयसमेत बन्द गरिएको उनले  जानकारी दिए। दजाकोटमा मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटा नेतृत्वमा वामी टक्सारबाट स्वास्थ्यकर्मी पुगेर त्यस विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। '१५\२० जनालाई सलाइन पानी चढाइँदै  छ', सापकोटाले भने, 'केहीलाई जिल्ला अस्पताल पठाउने तयारीमा छौँ।’

    नगरप्रमुख सोमनाथ सापकोटाका अनुसार नुरखोला मुहानको पानी पिउने सबै घरधुरी छाडापखलाको चपेटामा परेका हुन्। 'आगलागीका बेला हामीले पाइप उपलब्ध गराएर यो गाउँमा अस्थायी रूपमा नुरखोला लालाङ्ली मुहानको पानी खुवाएका थियौँ', उनले भने,  'मुहानको तलबाट त्यस दजाकोटवासीले पानी ल्याएर पिउँछन्, त्योभन्दा अलि माथिको मुहानमा स्थानीयले कपडा धुन्छन्।’ 

    २०७३ साल वैशाख १८ गते  लागेको आगो नियन्त्रणमा लिन नसक्दा दजाकोटमा ५६ घरधुरी जलेर नष्ट भएको थियो। घर गोठसहित ७० वटा जलेको १० करोड भन्दा बढीको क्षति भएको त्यस विपद व्यवस्थापनमा अगुवाइ गरेका हरिप्रसाद छन्त्यालले  बताए। स्थानीयका अनुसार करिब १५ वर्षअघि पनि यहाँ यस्तै खालको झाडापखालाको महामारी फैलिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]