विश्व

महिला सैनिक जवानलाई भारतमा पहिलो पटक अवसर, अनलाईनबाटै फाराम भर्न सकिने
SHARES

बैशाख १३, २०७६

    भारतीय सेनाको जवान पदमा पहिलो पटक महिलाहरुको भर्ती सुरु भएको छ। 

    यसअघि अधिकृत तहमा मात्रै महिलाको भर्ती हुने गरेकोमा पहिलो पटक सैनिक जवानमा महिलाको भर्ती सुरु भएको हो।  सेनाले अहिले मिलिट्री पुलिस क्याडरमा महिलाको संख्या २० प्रतिशत बनाउने लक्ष्य लिएको छ। अहिले १४ लाख सशस्त्र बलका ६५ हजार अधिकृत महिला रहेका छन्।

    त्यस्तै स्थल सेनामा १ हजार ५ सय, वायु सेनामा १ हजार ६ सय तथा नौसेनामा ५ सय महिला रहेका छन्। भारतीय सेनाले पहिलो पटक जवान पदमा महिलाको भर्ती लिन सुरु गरेसँगै अनलाईन दर्तासमेत सुरु गरेको छ।

    भारतीय सुरक्षा निकायहरुमा खासगरी प्राविधिक सीप भएका महिलाहरुले मात्रै प्राथमिकता पाउने गरेको भन्दै यसबारे बहसहरु हुँदे आएका थिए।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]