|

भद्रपुर (झापा) : जिल्ला प्रशासन कार्यालय झापाको गाडीको ठक्करबाट झापामा साइकलयात्रीको मृत्यु भएको छ।

पाँचथर नागी ६ घर भई कनकाई नगरपालिका १ कालीमोडामा डेरा गरी बस्ने ४० वर्षीय उमेश हिङमाङको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गमा अन्तरगत पूर्व जाँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको निलो रङको सरकारी नम्बर प्लेट भएको ६६–१–०४१४ नम्बरको गाडीले विपरीत दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई ठक्कर दिएको थियो। 

गाडीको ठक्करबाट गम्भीर घाइते भएका हिङमाङको उपचारका क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा बिहीवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । यता गाडीसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.