|

पोखरा : गण्डकी प्रदेशभित्रका विभिन्न पर्यटकीयस्थलहरूको फोटो प्रदर्शन गरेर पोखरामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइएको छ। पोखराको फेवाताल, सराङ्कोट, माछापुच्‍छ्रे, मनाङ, मुस्ताङ, लम्जुङलगायतका जिल्लामा पुगेर पत्रकारहरूले खिचेका तस्वीरहरू प्रदर्शनीमा राखिएको फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कृष्णमणि बरालले जानकारी दिए।

फोटो पत्रकारिता दिवसको अवसर पारेर पर्यटकीय नगरी पोखराको बाराही चोकमा फोटो प्रदर्शनी गरेर यस क्षेत्रको प्रचारप्रसार गरिएको हो। तस्वीर स्वदेशी तथा विदेशी पर्यटकहरूले अवलोकन गरिरहेको फोटो पत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.