|

नेपाली राजनीतिमा, ६५ वर्ष चढेका नेताहरूको समय सिद्धियो। यो मेरो निष्कर्ष हो। तर अहिलेको राजनीतिक नेतृत्वमा ८० प्रतिशत नेताहरू त्यसभन्दा बुढा हुनुहुन्छ। त्यसैले अलमलिएको छ राजनीति। कुनै बेलाको युवाहरूले भरिएको कम्युनिस्ट पार्टीले नै आन्दोलनको सफल नेतृत्व गरेको थियो। त्यतिबेला पनि थाकेका बुढाहरू परिवर्तनका बाहक बन्न सक्नुभएको थिएन। उहाँहरूले आन्दोलनको पक्षमा अभिभावकीय भूमिका पूरा गर्नुभएको थियो। नेपाली कांग्रेसको कुरो पनि त्यही हो। ६० वर्षसम्म त्यसका नेता ‘युवा’ नै मानिनुहुन्छ। राप्रपाका बुढा नेताहरूलाई त अल्छी लाग्नुपर्ने हो।

अपवादहरू जहाँ पनि हुन्छन्। अपवादलाई नियमित मान्नुहुँदैन। अहिलेका प्रधानमन्त्री त्यस्तै अपवाद हुनुहुन्छ। संघीयताको ठिक्क उल्टो व्यवहार गर्दा गर्दै पनि प्रधानमन्त्रीले सपना देख्नुभएको छ। त्यसको पूर्तिका लागि दौडधूप पनि गर्नुभएको छ। उहाँसँग वर्तमानको बहस गर्न नसकेर – 'गणतन्त्र आउँछ भनेको गोरुगाडा चढेर अमेरिका जानु भन्नुजस्तै हो’ भनेर खिल्ली उडाउनु भनेको राजनीतिमा जीत होइन हार हो। आधारभूतरुपमा राजनीतिक विरोध वर्तमानसँग हुन्छ। अहिले त उहाँले त्यसो भन्नु भएको छैन। तुइन विस्थापनको कुरा हेरौं। काम सम्‍पन्न हुने अवस्थामा छ। नेपालमा रेल आउँछ भन्नुभएको थियो। नेपालमा रेल भित्र्याउन उत्तर र दक्षिणका मित्रराष्ट्रहरू तयार भएका छन्। घर घरमै ग्यासको पाइप भनेको काम पनि सम्‍पन्न हुने आधार तयार भइसकेको छ। राजनीतिमा पनि कामकाजी सबैलाई समेटेकै देखिएको छ। विप्लवलाई पनि समेट्नुपर्ने हो, तर किन नसमेटिएको हो, मैले बुझ्न सकिएको छैन।

चित्त नबुझ्ने हजार मुद्दा छन् मेरा तर संघीयताविरोधी सोच हुँदाहुँदै पनि अहिले कामहरूका कारण नेकपाका दुवै अध्यक्षलाई सलाम गर्छु। मलाई सधैं डरलाग्ने पाटो के मात्र हो भने, उहाँहरूले कार्लमार्क्सले भने अनुसारको स्वतन्त्रताको बाटो अवलम्बन गर्नुहुन्छ कि स्टालिनले अवलम्बन गरेको सर्वहारा अधिनायकत्वको बाटो पछ्याउनुहुन्छ! उहाँहरूले मार्क्सले देखाएको बाटो अवलम्बन गर्नुभयो भने नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य सुन्दर र सुरक्षित छ। होइन, उहाँहरूले पनि स्टालिनको अधिनायकत्व पछ्याउनुभयो भने नेपालमा समाजवादको विषय फगत सपनामा डुबेर हराउने छ। त्यसपछि नेपाल एउटा अन्तहीन झगडाको चक्रब्यूहमा फस्नेछ। 

फेसबुकमाथिको प्रतिबन्धलाई म अधिनायकत्व भन्दिनँ। हो, राज्यले विकल्प दिनुपर्छ। चीनमा वी च्याट चलेको छ। अब त नेपाल पनि ‘स्पेस एज’ मा प्रवेश गरिसक्यो। ‘नेपाल स्याट’ जस्तै ‘नेपाल च्याट’ निर्माण गर्न सकिँदैन? कम्युटर चलाउने सबैलाई थाहा छ – नेपाली युनिकोड नेपाली युवाहरूले नै बनाएका हुन्। नेपाल स्याट, नेपाली युनिकोड बनाउन सक्ने नेपाली युवाहरू नेपाल बनाउन सक्दैनन् भनेर कसले भन्न सक्छ?

नेपाली कांग्रेसका अध्ययनशील नेता प्रदीप गिरीले भन्नु भएको छ – मार्क्स अधिनायकवादी थिएनन्। नेकपाका कति नेताहरू यसरी आत्मविश्वासका साथ घोषणा गर्न सक्नुहुन्छ? मलाई थाहा छैन। किनभने म पनि मार्क्सवाद–लेनिनवाद–माओत्सेतुङ विचारधाराकै स्कुलबाट हुर्किएको हुँ। यो स्कुलबाट दीक्षित भएकाहरूको चेतनामा आउनेहरूको विश्वास भनेको मार्क्सवादको अधिनायकत्व नै हो। यो उल्टो कुरालाई सुल्टाएर ज्ञान दिने चेतना मैले पनि धेरै पछि पाएको हुँ। कार्लमार्क्स त, स्वतन्त्र समाजबारे बोल्ने विश्वका पहिला दार्शनिक पो रहेछन्। ‘जनताद्वारा, जनताका लागि...’ भन्ने अब्राहम लिंकनभन्दा २३ वर्षअगाडि नै कार्लमार्क्सले स्वतन्त्रको गाथा गाएका रहेछन्। अर्थात्, कम्युनिस्ट पार्टीको घोषणापत्र तयार गर्ने क्रममा उनले लेखेका रहेछन् – स्वतन्त्र समाजले नै समानता दिनसक्छ।

नेपाल कम्युनिस्ट पार्टीका सबै नेताले स्टालिनको मार्क्सवाद होइन, मार्क्सकै मार्क्सवाद बुझ्नुपर्छ। स्वतन्त्रताको पक्षधर हुँदाहुँदै म पनि नेपालमा फेसबुक बन्द गर्नुपर्छ भन्ने सत्यलाई स्वीकार गर्छु। स्वतन्त्रता भनेको नेपालको संस्कृतिमाथिको अतिक्रमणलाई स्वीकार गर्नुहोइन। फेसबुकले समाजलाई नै भ्रष्ट, अनाचारी, दुराचारी, अनि नेपाली संस्कृतिविरोधी बनाएको छ। फेसबुकमा, इसाईकरण बढ्यो भनेर लेख्नुको कुनै तुक छैन किनभने  फेसबुक भनेकै इसाईतको पहिलो पाठशाला हो, विकृत र धिक्कृत पुँजीवादको जग हो। फेसबुकमाथिको प्रतिबन्धलाई म अधिनायकत्व भन्दिनँ। हो, राज्यले विकल्प दिनुपर्छ। चीनमा वी च्याट चलेको छ। अब त नेपाल पनि ‘स्पेस एज’ मा प्रवेश गरिसक्यो। ‘नेपाल स्याट’ जस्तै ‘नेपाल च्याट’ निर्माण गर्न सकिँदैन? कम्युटर चलाउने सबैलाई थाहा छ – नेपाली युनिकोड नेपाली युवाहरूले नै बनाएका हुन्। नेपाल स्याट, नेपाली युनिकोड बनाउन सक्ने नेपाली युवाहरू नेपाल बनाउन सक्दैनन् भनेर कसले भन्न सक्छ?

सक्रिय कार्यकारी नेतृत्वबाट पृथक् रहेर पनि नेताहरूले एकभारी काम गर्न सक्छन्। आआफ्नो सिद्धान्त र विचारको स्कुल खोल्न सक्छन्। अब नेपालमा समाजवादलाई जीवित राख्ने भनेको अहिले सरकार चलाइराखेको नेपाल कम्युनिस्ट पार्टी नै हो। आफ्ना समवयी जस्तै मैले पनि नेपालमा तीन चरणका राज्यप्रणाली भोगेँ। पञ्चायती निरंकुशताविरोधी संघर्ष आरम्भ भएको मेरो जीवनले नेपाल कम्युनिस्ट पार्टी (माले)को संस्थापक केन्द्रीय सदस्य हुने मौका पायो। बहुदल प्राप्तिपछिको पहिलो संसदमा पनि म उपस्थित थिएँ। नेकपा (एमाले)को पहिलो मन्त्रिपरिषदको सदस्य पनि भएँ। त्यसपछि आएको गणतन्त्र नेपालको मन्त्रिपरिषदमा पनि म सहभागी भएँ। अर्थात् मेरा केही समकालीन साथीहरू प्रधानमन्त्री भए। म भइनँ। तर, मैले चलाएका चारवटै मन्त्रालयमा मैले सम्‍झनलायक काम गरेँ। 

स्टालिन र माओत्सेतुङले बुढेसकाल लागेपछि एकपछि अर्को गल्ती गरेको इतिहास अहिले पनि रुस र चीनको छातीबाट मेटिएको छैन। हाम्रो नेकपाका सबै नेताहरूलाई यो ज्ञान छ। त्यो ज्ञानबाट केही नसिक्ने अनि अरूलाई अर्ती दिने कामले नेताहरूलाई आकाशबाट भुइँमा झार्छ

अरू कति गर्नु? यो मेरो सोच हो। मेरो यही सोचले नै मलाई, परिवर्तनकावाहक भनेका युवाहरू, अझ प्रशिक्षित युवाहरू नै हुन् भन्ने निष्कर्षमा पुर्‍याएको हो। बुढो भएपछि दिमाग थाक्छ के! थाकेको त्यो दिमागलाई डोपामिन दिएर कति झक्झक्याइरहने। स्टालिन र माओत्सेतुङले बुढेसकाल लागेपछि एकपछि अर्को गल्ती गरेको इतिहास अहिले पनि रुस र चीनको छातीबाट मेटिएको छैन। हाम्रो नेकपाका सबै नेताहरूलाई यो ज्ञान छ। त्यो ज्ञानबाट केही नसिक्ने अनि अरूलाई अर्ती दिने कामले नेताहरूलाई आकाशबाट भुइँमा झार्छ भन्ने इतिहास पनि हामीले सोभियत संघ र पूर्वी युरोपका समाजवादका घटनाहरूबाट सिकिसकेका छौं।

यति भनेपछि अहिले कम्युनिस्ट पार्टीकै विरोधी मोर्चा बनाएर दक्षिणपन्थी शक्तिलाई बलियो बनाउने आदर्णीय कामरेडहरूलाई यत्ति सुझाव दिइहालौँ – सकिन्छ वर्तमान सरकारलाई बाहिरै बसेर भए पनि सहयोग गरौँ। सकिँदैन भने बन्दुकले मार्छ, तर समाजवाद ल्याउँदैन भन्ने आत्महत्याको बाटोमा जनतालाई हेल्ने काम कसैले नगरौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.