|

काठमाडौं : काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोइ कम्पनीसँग खुल्ला मञ्चमा सटर निर्माण गर्नका लागि भएको सम्झौतापत्र सार्वजनिक भएको छ।

राजधानीको खुल्ला मञ्चमा आवश्यक संरचना निर्माण गर्ने सहमति वि.स २०७४ वैशाख ८ गते सम्झौता भएको हो। सम्झौताअनुसार सटर निर्माण गरिएको जलेश्वर स्वच्न्छद बिकोइ कम्पनीले जनाएको थियो।  महानगरपालिकाको तर्फबाट सम्झौतापत्रमा प्रशासन विभागका विभागीय प्रमुख ज्ञानेन्द्र कार्की र जलेश्वर स्वछन्द बिकोइ कम्पनीका अध्यक्ष मनोज भेटवालले हस्ताक्षर गरेका छन्। 

सार्वजनिक गरिकएको सम्झौतापत्रको ९ नम्बर बुँदामा त्रुटि गरेको भेटिएको छ। 'काठमाडौं महानगरपालिकाले  मिति २०७३।१।१३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छ। साथै द्वितीय पक्षलाई मर्का पर्ने गरी संशोधन गरिने छैन दुवै पक्षको सहमतिमा आकार प्रकारमा थप घट गर्न सकिने छ।' भन्ने सम्झौतामा उल्लेख गरिएको छ। तर उक्त सम्झौतामा 'छ'लाई केरमेट गरेर 'छैन' बनाइएको छ।

पढ्नुहोस्ः 

हेर्नुहोस् सम्झौतापत्र :


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.