|

काठमाडौं : कवि तथा निबन्धकार भीष्म उप्रेतीको निबन्ध संग्रह ‘तपाईंको पहाड कहाँ हो?’ को लोर्कापण भएको छ। निबन्धकार रोशन शेरचन, गोविन्द गिरी प्रेरणा, डा. गीता त्रिपाठी र लेखक स्वयंले पुस्तकको लोकार्पण गरेका हुन्।

निबन्धकार रोशन शेरचनले निबन्धमा भाषा, प्राजल रहेको र आफूलाई निबन्ध मन परेको बताए। अब अग्रजहरू मात्र नभई समकालीन व्यक्तित्वको बारेमा पनि लेख्ने बेला भएको उनको धारणा थियो।

गोविन्द गिरी प्रेरणाले पुस्तकमा व्यक्तिपरक निबन्ध राम्रो भएको बताए। डा. गीता त्रिपाठीले समकालीन निबन्धमा भीष्म उप्रेतीका निबन्ध अब्बल रहेका र उनले निबन्धलाई कवितात्मक बनाएको बताइन्। आफू कविता लेख्ने भएको र निबन्ध पनि कवितात्मक भएको लेखकको भनाइ थियो। उक्त पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो। उक्त निबन्धसंग्रहको मूल्य २५० रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.