|

  • अनिल खत्री

गुल्मी : ११ दिनदेखि जारी अनिश्चितकालीन बन्दले गुल्मीको जनजीवन कष्टकर बन्दै गएको छ। सरकारले संविधान संशोधन विधेयकमा प्रदेश नम्बर ५ का पहाडी जिल्ला अलग गर्ने प्रस्ताव गरेको विरोधमा गुल्मी ११ दिनदेखि बन्द छ।

बन्दका कारण सदरमुकाम तम्घाससँगै ग्रामीण भेगका मुख्य बजार, कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन छुटेका छैनन्।

जिल्लाको सदरमुकाम तम्घाससहित बलेटक्सार, रिडी, खैरेनी, शान्तिपुर, मजुवा, भुवाचिदी, बामीटक्सारका मुख्य बजार पनि बन्द छन्। आन्दोलनई सशक्त बनाउन आउँदो २७ गते वृहत सभा गर्ने संयुक्त आन्दोलन समिति गुल्मीका अध्यक्ष भुवनप्रसाद श्रेष्ठले जानकारी दिए।

लौरो जुलुस

संविधान संशोधन विधेयकमा प्रदेश नम्बर ५ का पहाडी जिल्ला छुट्याउन प्रस्ताव गरिएको विरोधमा गुल्मीमा लौरो जुलुस निकालिएको छ।

गुल्मीका राजनीतिक दल, उद्योग वाणिज्य संघ र नागरिक समाजका प्रतिनिधिले लौरा लिएर प्रतिकात्मक विरोध गरेका हुन्। सरकारले आन्दोलन चलेको यतिका दिन बित्दा पनि कुनै सुनुवाइ नगरेको भन्दै उनीहरु सडकमा उत्रिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.