|

मुगु : जिल्ला सदरमुकाम गमगढी बजारको जिल्ला समन्वय समितिको गेट अगाडि बम फेला पारेको छ।

बम राख्ने नेकपा विप्लव समूह रहेको सुरक्षा कर्मीको आशंका रहे पनि बम रहेको वरपर कुनै पर्चा पम्पलेट नभेटिएकाले बम कसले राखेको भन्ने अहिले नै भन्न नसकिने जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर ऐरले जानकारी दिए।

बम अहिले सुरक्षा निकायको घेरामा रहेको छ। बम निष्क्रिय बनाउन मुगुमा रहेका तिनै सुरक्षा नेपाल प्रहरी सस्शत्र प्रहरी र नेपाल सेनासँग दक्ष प्राविधिक नभएकाले जुम्लाबाट बम निष्क्रिय बनाउने प्राविधिक टोली जुम्ला ब्यारेकबाट आउदै गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

बम निष्क्रिय बनाउनको लागि नेपाल सेना श्रीदल गुल्मसँग सामाना रारामा  रहेको र प्राविधिक नभएकाले जुम्लाबाट मगाइएको छ। रारा श्रीदल गुल्मसँग सामान भएको र प्राविधिक टोली मोटरसाइकलबाट आउँदै गरेकाले बम आजै निष्क्रिय बनाइने छ।

बम भेटिएपछि स्थानीय त्रसित भएका छन। बम रहेको स्थानमा सुरक्षाकर्मीले स्थानीयलाई आवत-जावतमा रोक लगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.