|

तनहुँ : कालो अरिंगालको टोकाइबाट तीन बालबालिका घाइते भएका छन्। घाइते हुनेमा व्यास नगरपालिका १३ का ८ वर्षीया श्रीसा थापा क्षत्री, ७ वर्षीया सुस्मिता थापा क्षेत्री र साढे दुई वर्षीय सुदिप थापा क्षेत्री रहेका छन्। 

घरको आगनमा खेलिरहेको अवस्थामा कालो अरिंगालले टोकेर सुस्मिता र सुदिप गम्भीर घाइते भएको दमौली अस्पतालका डा.सन्देश पण्डितले जानकारी दिए। सुदिप र सुस्मिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले बताए। 

करिव २०० भन्दा बढी अरिंगालले टोकेको हुन सक्ने अस्पतालको अनुमान गरेको दमौली अस्पतालकी अहेव बेलीमाया थापाले जानकारी दिइन्। कृष्ण थापा क्षेत्री र माया थापा क्षेत्रीका छोराछोरीहरू एकासाथ आगनमा खेलिरहेको अवस्थामा एक्कासी अरिंगाल आएर टोकेको बताएका छन्।

आमा मेलामा गएको र बाबु घरमा नभएको बेलामा अरिंगालले टोकेको उनीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.