|

  • दिपेन्द्र शर्मा

जाजरकोट : जाजरकोटमा २७ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा फरार रहेका साल्मा ९ जाजरकोटका ६१ वर्षीया प्रेम बहादुर थापालाई शुक्रबार प्रहरी पक्राउ गरेको हो।

२०४७ साल माघ ७ गते जाजरकोट जिल्ला अदालतले  कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी २० वर्ष कैद हुने फैसला गरेको थियो। अदालतबाट उनको विपक्षमा फैसला गरेर २० वर्ष कैद सजायको फैसला भएपछि थापा फरार थिए। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएपछि थापा फरार थिए।

कैद भुक्तान गर्न बाँकी रहेका थापालाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको टोलीले उनकै घरबाट पक्राउ गरेको  जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए। अदालतको फैसला कार्यान्वयन अन्तर्गत प्रहरीले थापालाई पक्राउ गरेको डिएसपी रिमालले बताए।

अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत यो वर्षमा मात्र जाजरकोटमा ४५ बढी जरिवाना र कैद असुलीका काम गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। अपराध नियन्त्रण, कैद तथा जरिवाना असुलीमा जाजरकोट प्रहरीले सक्रिएता बढाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.