|

सप्तरी : सप्तरीको बोदेबर्साइन नगरपालिका ८ सोनापुरका एक ६० वर्षीय बृद्धको शनिबार बिहान चट्याङ लागेर मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार ६० वर्षीय मोहन साह घरनजिकै रहेको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। घटनाको सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.