|

अनिल खत्री

गुल्मी : गुल्मीको विकट र दुर्गम गाविस अर्लाङ्गकोट ददल्कामा उत्पादित सुन्तलाले बजार पाउन थालेपछि कृषकहरू सुन्तलाखेतितर्फ आकर्षित भएका छन्। 

ददल्का गाँउमा यातायातको सुविधा पुगेपछि गाउँमा उत्पाउन भएका सुन्तला स्थानीय तथा शहर बजारका विभिन्न स्थानसम्म पुग्न थालेपछि कृषकहरु सुन्तलाखेतीतर्फ आकर्षित भएको स्थानीय युवा व्यवसायी सुधन खरेलले बताए।

सुन्तला व्यवसायी सुधन खरेलका अनुसार गाँउमा उत्पादन भएका सुन्तलालाई डोकोमा बोकेर २/३ घण्टाको पैदल यात्रा गरि स्थानीय बजारसम्म पुर्‍याउन असहज हुने गरेको थियो। उनले यातायात सुविधा पुगेपछि सुन्तलाको खरिद गरि सुन्तलालाई स्थानीय तथा बुटवल र काठमाडौंका शहर बजारसम्म सुन्तला पुर्‍याउन लागि परेको बताए।

ददल्का गाँउका कृषकहरुका बारी र ढिककाल्नामा फलेका सुन्तलाको उचित मूल्य र खरिद दरभाउले गर्दा आफूलाई डोकोमा बोकेर सुन्तला बेच्न जान नपरेको अर्का सुन्तला व्यवसायी भिम बहादुर भण्डारीले बताए। सुन्तला उत्पादनको लागि उब्जाउ भूमि मानिने ददल्कालाई गाविसलाई जिल्ला कृषि विकास कार्यालय गुल्मीले पकेट क्षेत्रको रुपमा समेत घोषणा गरेको छ। हालको सिजनमा ददल्कामा करिव ४ सय  क्विन्टल बराबरको सुन्तला उत्पादन भएको व्यवसायी खरेलले बताए। 

ददल्काबासीका युवा कृषकहरु अन्य पेशाभन्दा पनि आफ्ना बारी र ढिक काल्नाहरुमा समेत सुन्तलाखेतीतर्फ आकर्षित भएका छन्। अहिले ददल्कामा व्यवसायिक रुपमा झण्डै ४० भन्दा माथिका सुन्तलाखेती गदै आइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.