|

सोलुखुम्बु : खुम्बुपासाङल्हामु गाउँपालिकामा एकजना विदेशी पर्यटको मृत्यु भएको छ। ट्रेकिङका लागि लुक्ला आएका पोल्यान्डका स्मिडोडा मेकिज फ्रान्सजेकको सोमबार लेक लागेर मृत्यु भएको हो।

पोल्याण्डबाट खुम्बु भ्रमणमा आएका ४६ वर्षीय फ्रान्सजेकको खुम्बुपासाङल्हामु गाउँपालिका ४ लबुचेमा मृत्यु भएको प्रहरीले जनाएको छ। मदर अर्थ होटलमा बास बेसेका उनको लेक लागेर होटलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिए।  

उनको शवलाई हेलिकप्टरबाट लुक्ला ल्याएर कानुनी प्रक्रिया पुरा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.