|
फाइल फाेटाे

काठमाडौं : नेपाल राष्ट्र बैंकले नबिल बैंक लिमिटेडमा सूक्ष्म अनुगमन गर्ने भएको छ। मंगलबार साँझ एकै व्यक्तिको नाममा गएको झण्डै २४ अर्ब रुपैयाँको विषयमा नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको हो। नबिल बैक लिमिटेडले प्राविधिक कठिनाइ भनेर पन्छन खोजे पनि यो ठूलो समस्या भएको भन्दै राष्ट्र बैंकले बिहीबार नबिल बैंकको सुपरभिजन टोलीले बिहीबार  बैंकको सूक्ष्म अनुगमन गर्ने भएको हो।

‘यो एकदमै ठूलो अपरेशनल समस्या हो, यसलाई सामान्य कमजोरीका रूपमा लिँदैनौँ’ राष्ट्र बैंक स्रोतले भन्यो ‘नबिल बैंकसँग हामीले मौखिक जानकारी लिइसकेका छौँ, सिस्टमको समस्या भनेर स्वीकार पनि गरेको छ, हाम्रो टोली पुगेर अनुगमन गर्छ फरदर एक्सन पनि लिन सकिनेछ।’

राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी यति ठूलो रकम एउटा व्यक्तिको नाममा बिनाजानकारी गयो भन्ने विषयमा आफैँ अचम्ममा परेको बताउँछन्। ‘कहिलेकाहीँ सानो ठूलो रकम तल थि त भएको थियो तर यति ठूलो रकम व्यक्तिको नाममा गयो र फिर्ता भयो भन्ने विषयले आश्‍चार्यमा पारेको छ’ शिवाकोटीले भने।

यस्तो समस्या देखिएपछि नविल बैंकले नियामक निकाय राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने भए पनि जानकारी नगराएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्। ‘नबिल बैंकले यस्तो समस्या देखिएपछि हामीलाई बताउनुपर्ने थियो तर कुनै जानकारी गराइएन हामीले सोधीखोजी गर्दा सिस्टमको समस्या भनिएको  छ’ राष्ट्र बैंकका एक निर्देशकले भने, ‘हामीले विस्तृत अध्ययन गरेपछि सिस्टमको खराबी वा अन्य कुनै कारण भन्‍ने पत्ता लाग्‍नेछ।’

मंगलबार इसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) मा कार्यरत क्लाइमेट चेन्ज विज्ञ डा. सन्तोष नेपालको नबिल बैंकको खातामा २३ अर्ब ७६ करोड रुपैयाँ जम्मा भएको थियो।' करिब एक घण्टा कुरा गरेपछि बैंकले सिस्टममा खराबी आएको भन्दै पैसा फिर्ता लिएको नेपालले जानकारी गराएका छन्।

नविल बैंकका सिईओ अनिल शाहले प्राविधिक गडबडीले पैसा व्यक्तिको खातामा आएको बताए । 'उहाँ एउटा अन्तर्राष्ट्रिय संस्थाको प्रतिनिधि हुनुहुँदो रहेछ । उहाँको संस्थाको खातामा ईद्दबैंकिङमा खराबी हुँदा बढी रकम देखिएको हो', उनले भने, 'अहिले हामीले मिलाइसक्यौँ ।'

सुरुवातमा डा. नेपालले 'मेरो खातामा यति रकम आएको छ मेरो पैसा हैन' भन्दा बैंकका अधिकारीले 'विदेशबाट आएको तपाईंको नै रकम हो' भनेर प्रतिक्रिया दिएको नेपालले बताए।

सम्बन्धित समाचार

पाँच घण्टासम्म अर्बपति 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.