|

हुम्ला : अतिरक्त श्राव भएकी निशा नेपाली र सुत्केरी व्यथाले थलिएकी राजकला महतारालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ। हुम्लाको चंखेली गाउँपालिका ५ स्थित मेल्छाम स्वास्थ्यचौकीमा कार्यरत अनमी  निशा नेपालीलाई उच्च रक्तश्रावले थलिएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ।

त्यसैगरी आजै  हुम्लाकै अदानचुली गाउँपालिका १ कि राजकला महतारालाई सुत्केरी व्‍यथा लागेपछि हेलीकप्टरद्वारा सुर्खेत लगिएको छ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल आफैँ अदानचुली गाउँपालिका र चंखेली गाउँपालिका रहको हेलीप्याडमा आएर सुत्केरी व्‍यथा लागेकी महतारा र अतिरक्त रक्तश्राव भएकी नेपालीलाई सुर्खेत लगिएको छ। चंखेली गाउँपालिका-५ स्थित मेल्छाम स्वाथ्य चौकीमा कार्यरत अनमी दाङको घोराही नगरपालिका १५ स्थाई घर भएकी ३५ वर्षीया निशा  नेपालीलाई गृह मन्त्रालयको समन्वय र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल र स्थानीय धुब्रबहादुर शाहीको पहलमा उद्धार गरिएको हो।

उता चंखेली गाउँपालिकामा पनि बिहिबार राती ११ बजे देखी सुत्केरी ब्यथा लागेको महतारालाई बिहान ६ बजे श्रनिगर स्वास्थ्य चौकी लगिएको थियो। उक्त स्वास्थ्य चौकीमा कार्यरत अ हे ब निर्मला थापाले यहाँ उपचार गर्न नसकिएकोले अन्य अस्पतालमा रिफर गरएिको बताईन। 

उनका अनुसार पेटभित्रको बच्चामा ब्यालेन्स नभएको र पहिले बच्चा निस्किनुपर्नेमा साल नाल निस्केर बाहीर करिब १ केजी जति मासु बढेकोले  उपकरणको अभावले   सुत्केरी गराउन नसकिएको  बताइन्। सुत्केरी व्‍यथाले थला परेकी महतारा अदानचुली गाउँपालीका वडा नं १ का वडा सदस्य वर्ष महताराकी श्रीमती हुँन् श्रनिगर स्वास्थ्य चौकीले यसको उपचार यहाँ गर्न नसकिने भन्दै रिफर गरे पछि हेलीकप्टरको कुरा गरेको र अध्यक्ष ,उपाध्यक्ष दुबै जनाले सामाजीक बिकास मन्त्रालयमा कुरा गरी हेलीकप्टर मगाएको अदानचुली गाउँपालीकाका अध्यक्ष दल फडेराले बताउनु भयो।  हुम्ला जिल्लाकै चंखेली गाउँपालीकामा पनि सुत्केरी लिएर जाने भएकोले दोस्रो फलाईट अदानचुलीमा भएको उपाध्यक्ष सौमती रावल ऐडीले जानकारी दिइन्।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलका अनुसार मंगलबार बिहानदेखि उच्च रक्तश्रावले थलिएकी अनमीलाई गृहमन्त्रालयसँग समन्वय गरी सामाजिक विकास मन्त्रालयले रकम व्यहोर्ने गरी जोखिममा परेकी अनमीको उद्धार गरिएको बताए। नेपालीलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। यता अदानचुली गाउँपालीकाकी राजकला महतारालाई सुत्केरी ब्यथाले थलिए पछि आजै हेलीकप्टरबाट उद्धार गरीएको सामाजीक बिकास मन्त्री दल रावलले भयो। मन्त्री रावलले कर्णाली प्रदेशमा अब कोहि कसैलाई पनि रोग र भोगले मर्न नदिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.