|

तनहँ : नेपाली कांग्रेस तनहुँको समानान्तर समितिको कार्यालयको बोर्ड हटाइएको छ। नेपाली कांग्रेसको संस्थापन पक्षका कार्यकर्ताहरूले नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीद्वारा गठित समानान्तर समितिको कार्यालयको बोर्ड हटाएका हुन्।

नेपाल  विद्यार्थी संघ तनहुँका अध्यक्ष चूडामणि खनालको नेतृत्वको टोलीले समानान्तर समितिको कार्यालयको बोर्ड हटाएको हो। लोकतान्त्रिक विचारका कांग्रेसीहरुलाई विभाजित गर्ने काम गरेकाले हटाएको विद्यार्थी नेताहरुको भनाइ छ।

पार्टीप्रति आस्था राख्ने कांग्रेसीहरूको विश्वास र समन्वय गरी अगाडि बढ्नुपर्ने अवस्थामा विखण्डनको भूमिका निर्वाह गरेको उनीहरूको आरोप छ।

समानान्तर समितिका सभापति हरिशरण पण्डितले उग्ररूपमा बोर्ड र ब्‍यानर च्यातिएकाले शान्ति सुरक्षाका कानुनी प्रक्रियामा अगाडि बढ्न आकस्मिक बैठक बस्ने तयारीमा रहेको बताए। गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई पराजित गर्न लागेको आरोप लागेका जोशीलाई नेपाली कांग्रेस तनहुँको सिफारिसमा केन्द्रीय कार्यालयका सचिवको हस्ताक्षरमा कारबाहीको पत्रसमेत पठाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.