|

काठमाडौं : कांग्रेस नेता तथा लेखक नरहरी आचार्यको नयाँ कृति 'गणतन्त्रको यात्रा: बन्दी वृत्तान्त' सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गरेको कृतिभित्र  आचार्यले लोकतान्त्रिक आन्दोलनमा जेलमा बिताएका २५५ दिनको दैनिकी, लोकतान्त्रिक गणतन्त्र लागि गरिएका आन्दोलन, लोकतन्त्रको आगमन सँगै नेपाली समाजमा प्रमुख राजनीतिका कामलाई मुख्य विषयवस्तु बनाएका छन्।

कृति विमोचनमा नागरिक अगुवा कृष्ण पहाडीले मुलुकको राजनीतिक परिवर्तनमा आचार्यको भूमिका महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरे। उनले यो कृति इतिहासको महत्त्वपूर्ण आलेख रहेको जिकिर गरे। गणतन्त्रको आन्दोलन सहज थिएँ। गणतन्त्रमा पनि लोकतन्त्रको आन्दोलन सहज थिएँ। लोकतन्त्रको उपलब्धि नेपाली जनताको जीत रहेको समेत उनले बताए। 'गणतन्त्र ग्लानी नभई गौरवको विषय हो। तर यसलाई अहिले ग्लानिको रूपमा चित्रण गर्ने काम भयो। ६२ \६३ को आन्दोलनको  नेतृत्व कांग्रेसले गरेको हो भन्ने कुरा जनतालाई बुझाउन सक्नुपर्थ्यो,' उनले भने, ' कांग्रेसकै वृत्तबाट सबैभन्दा ठुलो गल्ती गणतन्त्रको एजेन्डा माओवादीको हो भनेर कांग्रेसलाई सिध्याउने काम भयो। माओवादीको एजेन्डा भनेको जनवादी गणतन्त्र थियो। उनीहरू सत्ता पाएपछी आफ्नो सिद्धान्त नै भुलिसके।' पहाडीले इतिहास बनाउँदा ६२-६३को आन्दोलन कांग्रेसको नेतृत्वमा भएको हो भन्न छुटाउन नहुने उनले बताए।

 प्राध्यापक कृष्ण खनालले कांग्रेस आन्तरिक द्वन्द्व फसेको धारणा व्यक्त गरे। आचार्यको कृति हामीले देखिरहेका र भोगिरहेका विषयवस्तुको सिंगो दस्ताबेज रहेको बताए। उनले लोकतान्त्रिक गणतन्त्रका लागि गर्नुपरेको संघर्षको स्मरण गरे। 'देशमा ठुला राजनीतिक परिवर्तनहरू भए। कति बितेर गइसक्नुभयो। यसको इतिहास उनीहरूको मृत्युसँगै जान्छन्। यस कारण यो पुस्तक हाम्रा लागि सुन्दर दस्ताबेज हो,' उनले भने, 'हाम्रो राजनीतिक दलहरूमा उत्तरदायित्व बोध नै छैन। आफूले गरेका कामहरूलाई टिपोट बनाएर भोलिको पुस्तालाई आचार्यलेझै सुम्पनु जरुरी छ।'

नागरिक अगुवा देवेन्द्रराज पाण्डेले कुनै बेला आफू पनि कांग्रेस निकट भएता पनि गणतन्त्रको यात्रामा आचार्यको विचार, आस्थामा आफ्नो सधैँ सहकार्य गरेका दिनको सम्झना गरे। केही वर्ष अघि आचार्य बिरामी भएपछि हामीलाई चिन्तित बनाएको बताए।  लामो उपचारपछि  आचार्यको लगनशीलता, सिर्जनशिलतालाई निरन्तर पढ्न पाउने अवसर पाउँदा खुसी व्यक्त गरे।

उनले यो पुस्तक सार्वजनिक भन्दा पनि गणतन्त्रको उत्सव मनाउन सामेल भएको अनुभूति भइरहेको उनको भनाइ थियो। आचार्यले  बौद्धिक योगदान, र राजनीतिक जीवनमा उनले गरेको संघर्षले नेपाली समाजले वर्षसम्म सम्झिरहने उनको दाबी थियो। पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.