|

तनहुँ   नेपाली कांग्रेस तनहुँको समानान्तर समितिको कार्यालयको बोर्ड हटाइएको छ। कांग्रेसको संस्थापन पक्षका कार्यकर्ताहरुले नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीद्वारा गठित समानान्तर समितिको कार्यालयको बोर्ड हटाएका हुन्।

पार्टीप्रति आस्था राख्ने कांग्रेसीहरुको विश्वास र समन्वय गरी अगाडि बढ्नुपर्ने अवस्थामा विखण्डनको भूमिका निर्वाह गरेको उनीहरुको आरोप छ। बोर्ड र व्यानर च्यातिएकाले शान्ति सुरक्षाका लागि कानुनी प्रक्रियामा अगाडि बढ्ने निर्णय गरिएको समानान्तर समितिका सभापति हरिशरण पण्डितले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.