उपचारका क्रममा मृत्यु

|

काठमाडौं : नेपालमै पहिलो बर्ड फ्लुको भाइरस मानिसमा देखिएको छ । कुखुरमा देखिने गरेको भाइरस नेपालमा पहिलो पटक मानिसमा देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

बर्ड फ्लु भाइरस संक्रमण भएका एकजना युवकको मृत्युसमेत भइसकेको हो। बर्ड फ्लु संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका एकजना युवकको चैतको १५ गते मृत्यु भएको स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले बताइन्।

ती युवकको बर्ड फ्लुबाट मृत्यु भएको पुष्टि यही मंगलबार भएको हो।  काभ्रेका २१ वर्षीय ती युवकले बर्ड फ्लु भाइरस संक्रमणबाटै ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 

उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि र्‍याल जापान पठाइएको थियो । उक्त र्‍याल प्रमाणित गर्न नमूना परीक्षणका लागि जापान पठाइएको थियो । जापानबाट आएको रिपोर्टमा बर्ड फ्लू (एचफाइबएनवान) बाटै उनको मृत्यु भएको पुष्टि भएको हो।

विश्वमा हालसम्म आठ सय ६० जनामा मात्रै बर्ड फ्लु देखिएको छ। कुखुरामा पटक पटक देखिएको बर्ड फ्लु नेपालमा पहिलोपटक मानिसमा पनि देखिएपछि सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.