|

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको पाँच वर्षे स्थिर सरकारले आफ्नो दोस्रो नीति तथा कार्यक्रम बनाएको छ। शुक्रबार राष्ट्रपति विद्यादेवी भणडारीले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई बिहीबार अन्तिम रुप दिइएको हो।

नीति तथा कार्यक्रमबारे बुधबार मात्रै नेकपामा दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले अनौपचारिक छलफल गरेका थिए। दुई अध्यक्षको छलफलसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यकालयले नीति तथा कार्यक्रमको अन्तिम मस्यौदा  गरेको हो। 

मन्त्रिपरिषद् कार्यालयले २१ वटा मन्त्रालयले छुट्टा-छुट्टै पठाएका योजना र कार्यक्रमलाई समावेश गरेर मस्यौदा तयार गरिएको हो। ‘सबै मन्त्रालयको तर्फबाट आफ्ना योजना आएका छन्', मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने,'त्यसमा केही काँट छाँट गरिएको छ’,

ती अधिकारीका अनुसार सकारले आगामी नीति तथा कार्यक्रममा राष्ट्रिय गौरवका आयोजनलाई विशेष प्रामथकिता दिइएको छ ।त्यसैगरी सामाजिक सुरक्षा कार्यक्रम र रोजगारी सिर्जना हुने योजनहरुलाई प्रथमकितामा राखिएको छ। 

अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले आगामी बजेट दीगो विकासको लक्ष्य र १५ औँ पञ्‍चवर्षीय योजनालाई केन्द्रित गरेर बनाइएको छ । उनले त्यहीकारण नीति तथा कार्यक्रममा पनि यिनै कार्यक्रमले प्राथमकिता पाउने बताए ।

‘अहिलेको बजेटको प्राथमकिता मौलिक हकको कार्यन्वयन र दीगो विकासको लक्ष्यपूर्ति हो', उनले भने, 'यसका लागि १५ ‍औँ पञ्चवर्षीय यजनामाकेन्द्रित नीति तथा कार्यक्रम र बजेट आउँछ।’

यसअघि मूख्य सचिवको अध्यक्षमा बसेको बैठकले पछिल्ला पाँच वर्षमा सरकारले राखेको लक्ष्य र वर्तमान सरकारले गरेको घोषणामा आधारित भएर नीति तथा कार्यक्रममा ल्याउन सबै मन्त्रालयलाई निर्देशन दिएको थियो।

प्रधानमन्त्री कार्यालयका अनुसार राष्ट्रिय गौरवका आयोजना र यसअघि घोषित कार्यक्रमलाई पहिलो प्राथमिकता दिइएको । चुनावको समयमा वाम गठबन्धनले उठाएका एजेण्डालाई क्रमश: पुरा गर्ने गरी बजेटमा सम्बोधन गर्ने तयारी सरकारले गरेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो ४ बजे संसद्‍मा वर्तमान सरकारको दोस्रो नीति तथा कार्यक्रमा प्रस्तुत गर्दैछिन्। यो सँगै नीति तथा कार्यक्रमका मन्त्रालयगत योजनामा केन्द्रित भइ सदनमा छलफल हुने छ। त्यसकै आधारमा सरकारले रकम तोकेर आगामी आर्थिक वर्षको कार्यक्रम टुंगो लगाउने छ।

अघिल्ला वर्ष प्री बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याउने गरिएको थियो । तर यो पटक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच प्री बजेट छलफल नगरी सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ । 

वर्तमान सरकारको पहिलो नीति तथा कार्यक्रम: 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.