|

काठमाडौं : नेपाल आयल निगमले पेट्राेल, डिजेल र मट्टितेलकाे मूल्य बढाएकाे छ। स्वचालित मूल्य प्रणाली अनुसार बिहीबार रातिदेखि लागू हुनेगरी मूल्य बढाइएकाे निगम प्रवक्ता वीरेन्द्र गाेइतले जानकारी दिए।

पेट्रोलकाे मूल्य १. ५० र डिजेल / मट्टितेल – रु. १।०० प्रति लिटर बढेकाे छ। जसअनुसार पेट्रोल १११ रुपैयाँ ५० पैसा प्रति लिटर र डिजेल/मट्टितेल ९८ रुपैयाँ कायम भएकाे छ।

हवाई ईन्धन र एलपी ग्यासको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेपछि नेपालमा पनि बढाइएको हो ।

अमेरिकी डलरको तुलनामा नेपाली/भारतीय मुद्राको अवमूल्यन भएको छ । त्यही अनुसार इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा बढेको मूल्यसूची पठाएकाले समायोजन गरिएको आयल निगमले जनाएकाे छ।

यो समायोजनपछि भारतको रक्सौलभन्दा नेपालको वीरगन्जतर्फको सीमा मूल्यमा पेट्रोलमा १३ रुपैयाँ ६७ प्रति लिटर  र डिजेल र १५रुपैयाँ ६४ प्रति लिटरले नेपालतर्फ नै महँगो हुने जनाइएकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.