|

काठमाडौं : बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी फानीको प्रभाव शुक्रबारदेखि नेपालमा पनि देखिन थालेको छ। काठमाडौं उपत्यकासहित मध्य भागमा  तीव्रगतिको हावाहुरी चलेको थियो।

देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी परेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। फानीको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्‍न भागमा मौसममा बदली भएर पानी पर्न थालेको महाशाखाकी मौसमविद विभूति पोखरेलले जानकारी दिइन्। ‘फानी को प्रभाव विस्तारै पश्चिम नेपालका केही भागमा देखिन थालेको छ, यो भोलिसम्म रहनेछ', उनले भनिन्।

यस्तै  देशका तराई भेगका केही ठाउँमा पनि हावाहुरीसहित पानी परेको हाम्रा सहकर्मीहरूले जनाएका छन्। बिहानैदेखि देशको पूर्वी क्षेत्रका केही ठाउँमा मौसम बद्ली भएर मेघगर्जनसहित पानी पर्न सुरु भएको महाशाखाले जनाएको छ।  पूर्वी क्षेत्रमा यसको प्रभाव तुलनात्मकरूपमा बढी हुने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। फानीकै प्रभावले उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ। काठमाडौं उपत्यकामा हावाहुरीसहित आएको वर्षका कारण जनजीवन प्रभावित बनेको थियो। 


 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.