|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा) को शुक्रबारको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले अपराह्न १६ :१० मा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

राष्ट्रपतिले संघीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नसक्ने संवैधानिक व्यवस्था रहेको छ। सरकारले निर्वाचनको समयमा जनतासामु कवल गरेअनुरूप चुनावी घोषणापत्रका आधारमा नीति तथा कार्यक्रम बनाउने गर्दै आएको छ। राष्ट्रपति भण्डारीलाई संसद् भवन नयाँ बानेश्वरमा पुग्दा सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल एवं संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले स्वागत गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रति राष्ट्रपतिसमक्ष पेस गरेका थिए। संसद् बैठक १६ बजेर ८ मिनेटमा सुरु भएको थियो। 

हेर्नुस् फोटो फिचर


 

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.