|

बारा  : बारा र पर्साको आँधी प्रभावित क्षेत्रमा  पूर्णरूपमा क्षति भएका घरहरूको पुनर्निर्माका लागि  जनता आवास निर्माण योजनाको शिलन्याश गरिएको छ।
शनिबार बिहान  फेटा गाउँपालिकाको पुरैनियावाट औपचारिक समारोहबीच शिलान्यास शुभारम्भ गरिएको हो। कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री  ईश्वर पोखरेलले र अर्का उप प्रधान एंवम् स्वास्थ्य मन्त्री उपेन्द्र  यादवलगायत मन्त्रीहरु सहभागी थिए। हुरी प्रभावित बस्तीमा शिलान्यास गर्न मन्त्री, मुख्यमन्त्री र प्रदेश प्रमुखले पुगेका छन्। 

उप प्रधान एंवम् स्वास्थ्य मन्त्री उपेन्द्र  यादवले वीरगञ्ज महानगरपाकिला ५  उदयपुर घुर्मीमा, गृहमन्त्री  रामबहादुर थापा ‘बादल’ ले प्रसौनी गाँउपालिका  ४ खटुवाजग्दीमा, महागढिमाई नगरपालिका  ७ तेलगाईमा  भूमि व्यवस्था ,सहकारी तथा गरिबी निवारण मन्त्री  पद्या कुमारी अर्याल, सुवर्ण गाँउपालिका ४  हर्दियामा

भौतिक पूर्वाधार तथा योजना मन्त्री   रघुबीर महासेठ,  पचरौता  नगरपालिका ७ बेनौला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित,  फेटा गाँउपालिका १  भरवलीया वाट शहरी विकास मन्त्री  इश्तियाक राई, फेटा गाँउपालिका १ भलुहीमा महिला वालवालिका तथा ज्‍येष्ठ नागरिक मन्त्री थममाया थापा,  परवानिपुर  ४ चैनपुरवाट खानेपानी  मन्त्री बिना मगर, देवताल गाँउपालिका ७ रामपुर्वावाट  प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु गद्दी राउत र कलैया उपमहानगरपालिका १३ छोड्की फुलबारियावाट प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वर कायस्थवाट शिलन्याश गर्दैछन्।

पर्सा जिल्लाको २ स्थानको  हकमा  उपप्रधान एंवम् स्वास्थ्यमन्त्री  यादवसँगै  विरगञ्ज महानगरपालिका वडा नं २२ को जगरनाथपुरवाट  ऊर्जा , जलश्रोत तथा सिंचाई मन्त्री  वर्षमान पुनं वाट शिलन्याश गरिने  कार्यक्रम तय भएको छ।  आँधी प्रभावित क्षेत्रहरुमा  नयाँ बन्ने घरको शिलन्याश कार्यक्रममा प्रधान सेनापति  पुर्णचन्द्र थापा, रक्षा सचिव रेश्मिराज पाण्डे  सहित  नेपाली सेनाका उच्च अधिकारीहरुको सहभागि रहेकाे बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए। 

चैत १७ गते आईतवार साँझ  आएको भिषण आँधीहुरीका कारण बारामा  १३ सय ६२ र पर्सामा ९० घर पूर्ण रुपमा क्षति भएका  थिए।  सरकारले  पुर्ण रुपमा क्षति भएका घरहरुको पुर्ननिमार्णको  सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिने यसअघि नै निर्णय  गरिसकेकाे छ। आँधी प्रभावित क्षेत्रमा  पुनं निमार्णकै लागि झण्डै ३ हजार नेपाली सेना निमार्ण क्षेत्रमा खटिसकेका छन्। भने  सरकारले  आँधी प्रभावित क्षेत्रमा पूर्णरूपमा क्षति भएका घरहरुको पुर्ननिमार्णको लागि  ७ सय ५० जना इन्जिनियर खटाउने  तयारी समेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.