|

काठमाडौं : आज मातातीर्थ औँशी अर्थात् आमाको मुख हेर्ने दिन। आमाप्रति श्रद्धा गरी मनाइँदै छ। आजका दिन आमालाई मीठो खान, लाउन दिई सम्मान गर्ने गरिन्छ। दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ। आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख छ।

आजको दिनमा आमाहरुले सन्ततिलाई आशीर्वाद दिएर हासीहासी सुखदुःखका कुरा सोध्ने र उनीहरूको भलाइ तथा प्रगतिका लागि भगवानसँग प्रार्थना गर्ने गर्दछन्। आज बिहानैदेखि काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लागेको छ।

बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्ने गर्दछन्। मातातिर्थमा गरिने पुण्यकर्मले आमाले ९ महिनासम्म गर्भमा राखेर जन्माई हुर्काएको मातृऋणबाट मुक्तिका साथै आमाको समेत मोक्षगति हुने विश्वास गरिन्छ।

मातातीर्थमा देखिएको भक्तजनहरूको भीड फोटोमा :

 

 

 

 

 

 

 

 

 

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.