|

सिमकोट :  जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत एक प्रहरीको हृदयाघातका कारण शनिबार बिहान मृत्यु भएको छ। दैलेख जिल्ला नारायण नगरिपालिका-१ निवासी ३२ वर्षीय प्रहरी हवल्दार चन्द्रबहादुर खड्काको मृत्यु भएको हो।

प्रहरी हवल्दार खड्का बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालयमै ड्युटीमा खटिएको समयमा एक्कासी बिरामी भएपछि उपचारका लागि जिल्ला अस्‍पताल हुम्ला लग्ने क्रममा बीचबाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए। मृतक खड्का हृदयाघातकै कारणले मृत्यु भएको हुन सक्ने जिल्ला अस्‍पताल कार्यलय स्रोतले जानकारी गराएको छ। मृतक हवल्दार खड्का यसअघि पनि मुटु र प्रेसरको बिरामी भइरहने गरेका कारण नियमित औषधि प्रयोग गरिरहेको समेत जिल्ला प्रहरी कार्यालय जानकारी गराएको छ।

दैलेख जिल्ला  नारायण नगरपालिका–१ घर भई हाल हुम्ला जिल्ला प्रहरी कार्यलयमा प्रहरी जवान भएर ११ महिना बिताएका खड्का भर्खरै प्रहरी जवानबाट प्रहरी हवल्दार पदमा बढुवा भएका थिए। मृतक खड्कको शव प्रहरी केन्द्रीय कार्यालयको पहलमा र जिल्ला प्रहरी कार्यालय हुम्लाको समन्वयमा  मृतककै गृह जिल्ला दैलेख नारायण नगरपालिकामा हेलिकोप्टरद्वारा लाने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक घर्तीमगरले बताए।

मृतक खड्काको शव जिल्ला अस्‍पतालको शव गृहमा राखिएको छ। मृतक खड्काको पोस्टमार्टम दैलेखमै गर्ने मृतकका घरपरिवारले जानकारी गराएका  छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.