|

दाङ : प्रदेश ५ को नाम र स्थायी राजधानी तोक्ने प्रयोजनका लागि प्रदेश संसद्बाट गठित विशेष समितिले संकलन गरेको सुझावमाथि छलफल शुरु गरिएको छ। १२ जिल्लामा खटिएका प्रदेशसभा सदस्यहरूले जिल्लाबाट ल्याएका सुझावमाथि शनिबारदेखि अस्थायी राजधानी बुटवलमा छलफल शुरू गरिएको हो। 

सुझाव संकलनका लागि दाङमा दाङमा खटिएकी प्रदेश ५ का सभासदस्य निर्मला क्षेत्रीका अनुसार प्रदेश सभामा पेश गर्न अन्तिम तयारीमा जुटेका हुन। विशेष समितिले प्रदेशका १२ जिल्लामा जानका लागि ६ वटा टोली बनाएको थियो। साउन २४ गते सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा सदस्यहरू मनोनयन गरेका थिए। प्रदेश ५ को नामाकरण र स्थायी राजधानीसम्बन्धी विशेष समितिले ३ महिनाभित्र नाम र स्थायी राजधानी सिफारिससहितको प्रतिवेदन पेस गर्ने समय सीमा तोकिएको थियो।

फागुन १६ गतेभित्र सबै जिल्लामा सुझाव संकलन सकिने गरी ६ वटा टोली जिल्लाहरूमा खटिएको विशेष समितिका सभापति दीपेन्द्रकुमार पुनमगरले जानकारी दिए। तर उक्त समितिको म्याद पुन थप गरिएको थियो। सो समयसीमा सकिएपछि थपिएको समयमा समेत कामले गति लिन सकेको थिएन। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश ५ को अस्थायी राजधानी बुटवल तोकेपछि अन्य विभिन्न जिल्लामा विरोधका आवाज निस्केका थिए।

राजधानीका लागि केन्द्र पर्ने दाङ लगायत पूर्वी रुकुम, रोल्पा, प्युठान, बाँके, बर्दियाले दावी गरेका छन्। तर गुल्मी, पाल्पा, रुपन्देही, नवलपरासी लगायतले बुटवल केन्द्र बन्ने बताएका छन्। कपिलवस्तु र अर्घाखाँचीले कपिलवस्तुलाई प्राथमिकतामा राखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.