|

सिमकोट (हुम्ला) : सर्केगाड गाउँपालिका–८ नम्बर वडा कार्यालयका लेखा सहायकले एक लाख रुपैयाँ रकम हिनामिना गरेकोे खुलेको छ । कार्यक्रमको किर्ते कागज बनाएर रकम हिनामिना गरेको भन्दै लेखा साहयक सुनाम रोकायालाई जागरिबाट निष्कासित गरिएको छ। 

आर्थिक वर्ष २०७४÷०७५ को सालको करिब एक लाख रकम हिनामिना गरेको देखिएपछि वडाअध्यक्ष ट्यारे रोकायाको अध्यक्षतमा बसेको बैठकले सुनामलाई हटाइएको वडासदस्य धनवीर रोकायाले बताए। 

लेखा सहायक रोकायाले वडा कार्यालयको छाप, वडाध्यक्ष ट्यारे रोकायाको छाप वडा सदस्यहरुको  किर्ते सही गरी रकम हिनामिना गरेको अध्यक्ष ट्यारे रोकायाले जानकारी दिए।  

वडामा सञ्चालन हुने खर्च रकम लेखाजोखा नगरी एक्लैले काम गरेको भन्दै वडाका स्थानीय र जनप्रतिनिधिको उपस्थितिमा निष्कासन गरेको अध्यक्ष रोकायाले बताए। 

जनप्रतिनिधिले नै नियुक्त गरेका लेखा सहायक रोकायाले सबैको किर्ते सही र नक्कली छाप बनाएर रकम हिनामिना गरेको खुलेपछि शनिबारबाट हटाइएको हो ।

वडामा आउने रकम आफैंले कारोबार गरी चलाउँदै आएको पनि तथ्य खुलेको छ । तर लेखा सहायक सुनाम रोकाया भने वडा अध्यक्षले सामाजिक सुरक्षा भत्ता र गाउँपालिकाबाट दिने तलबसमेत खाएर दोष आफूमाथि लगाएको छन् । 

वडाअध्यक्ष र सदस्यहरुले गाउँमा सञ्चालन गर्ने भनेर ठुलो रकम ल्याएपछि कामै नगरी कागजमा मिलाए खाएको सहयाक लेखापाल रोकायाले आरोप लगाए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.