|

काठमाडौं : सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रमक भएका छन् । प्री-बजेट छलफल नै नगरी नीति तथा कार्यक्रम ल्याइएपछि कांग्रेसको आक्रोश झन् बढेको छ। 

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आइतबारदेखि त्यसमाथि छलफल सुरु भएको छ। नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा देउवा सुरुमै आक्रमक भए । उनले सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम तयारीबिना चाहनाको संगालोको संज्ञा दिए । 

नीति तथा कार्यक्रममाथि टिप्पणी गर्न जाने क्रममा देउवासँग प्रधानमन्त्री ओलीको जम्काभेट भयो। त्यसक्रममा रोस्ट्रमतर्फ अघि बढेका देउवाले सुरुमा प्रम ओलीलाई 'इग्नोर' गर्न खोजे। जम्काभेट भए पनि संशोधन प्रस्तावबारे आफ्नो धारणा राख्न हिँडेका देउवाले ओलीसँग नजर मिलाएनन्। 

देउवासँग जम्काभेटका क्रममा ओली हल्का मुस्कुराए तर देउवाले सकेसम्म तर्किने प्रयास गरे। देउवाले नीति तथा कार्यक्रममा पार्टीले दर्ता गराएको संशोधनको प्रस्तावमा समर्थन जनाउँदै भने, 'सरकारको नीति तथा कार्यक्रम तयारीबिनाको चाहनाको संगालो जस्तो छ। विगतको नीति तथा कार्यक्रमले कुनै नतिजा दिन सकेन। एक वर्षको नीति र कार्यक्रम भनिएको छ तर चार वर्षसम्मका नीति तथा कार्यक्रम दिइएको छ।'  देउवाले प्रस्तुत नीति तथा कार्यक्रममा रहेका बुँदाहरू 'फगत नारामा सीमित हुने' पनि बताए। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.