|

जाजरकोट : पाँच महिनादेखि प्रमुख विहीन भएको जिल्ला प्रहरी कार्यालयले नयाँ प्रहरी प्रमुख पाएको छ। प्रधान कार्यालयबाट डिएसपी भावेश रिमाल जिल्लामा आएपछि जाजरकोटले प्रहरी प्रमुख पाएको हो।

जाजरकोटका तत्कालीन प्रहरी प्रमुख डिएसपी दानबहादुर मल्ल प्रधानमन्त्री कार्यालयमा सरुवा भएपछि गत साउन २२ गते देखि जाजरकोट प्रहरी प्रमुख विहीन भएको थियो। साउन २२ गतेदेखि रिक्त भएको उक्त पद अहिले सम्म पनि  पुर्ति हुन सकेको थिएन।

प्रहरी प्रधान कार्यालयले असोज १९ गते डिएसपी भावेश रिमाललाई जाजरकोटको प्रहरी प्रमुखका रुपमा सरुवा गरेर पठाए पनि उनी आएका थिएनन्। गत साउन २२ गते जिल्लावाट विदाइ भएर डिएसपी मल्ल प्रधानमन्त्री कार्यालयमा गएपछि जिल्ला प्रहरी कार्यालयमा ५ महिना देखि प्रहरी निरीक्षक हिक्मत वोहराले निमित्त प्रमुखको रुपमा काम गरेका थिए।

यसै हप्ता जाजरकोट आइपुगेका प्रहरी प्रमुख डिएसपी भावेश रिमालले पत्रकारहरुसँग आइतबार अन्तर्क्रिया गरेका छन्। उनले जाजरकोटमा बढी हुने लागू औषध अफिम, गाजा, चरेस उत्पादन र ओसार पसार नियन्त्रणमा विशेष योजना बनाइ अगाडि बढ्ने बताए।

अवैध मदिराको बिक्री वितरण तथा उत्पादन नियन्त्रण गर्ने, घरेलु हिंसा, वहुविवाहलाई नियन्त्रण गर्न जिल्लाभरी विशेष अभियान सञ्चालन गर्ने आफ्नो योजना रहेको डिएसपी रिमालको भनाई छ। प्रहरीले अवैध लागू औषध चरेश र अत्याधुनिक हतियारका गोली ओसार पसार गर्नेलाई पक्राउमा सक्रियता बढाएका बेला जिल्लामा प्रहरी प्रमुख आउनुले शान्ति सुरक्षा लगायत अपराध नियन्त्रणमा सफलता मिल्ने नागरिक अगुवाहरु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.