|

यही मे ६ देखि १२ सम्म संसारमै Fifth UN Global Road Safety Week मनाइँदै छ। संयुक्त राष्ट्रसंघको आह्वानमा यो week सन् २००७ मा पहिलोपटक मनाइएको थियो भने सन् २०१३ मा दोस्रो, सन् २०१५ मा तेस्रो र सन् २०१७ मा चौथोपटक।

आज सडक सुरक्षा विश्वकै प्राथमिकता प्राप्त एजेण्डा बनेको छ। अहिले पनि आधारभूत सडक यातायात नै विकासको पहिलो पूर्वाधार हो भने सुरक्षित सडक र सवारी पनि मानवीय सर्त हो। 

सन् २००२ देखि हो सडक दुर्घटनाबारे विश्व समुदायले अलिक संगठित प्रयास थालेको छ। त्यसभन्दा अघि पनि सुरक्षित सडक र सवारीको लागि एकल प्रयासहरू भने भएकै थिए।  २००२ पछि भने एकैपटक विश्व समुदाय नै चकित पार्ने रिपोर्टहरू आउन थाले कि सडक दुर्घटना एउटा भयावह समस्या बनिसकेको पो रहेछ। 

सडक दुर्घटनाबाट पर्ने मुख्‍य असर

सामान्यतया सडक दुर्घटनाका कारण बर्सेनि लाखौँको अकालमै मृत्यु, अर्बौं डलरको आर्थिक क्षति, उत्पादकत्वमा ह्रास, सामाजिक/पारिवारिक असन्तुलन, गरिबीको चक्रमा पीडित परिवार, विभिन्न मनोवैज्ञानिक असरहरू, पर्यटन प्रवर्धनमा मुख्य चुनौती, महँगी र बेरोजगारी, विदशी मुद्रामा भारी गिरावट आदि जस्ता मुख्‍य असरहरू देखिन्छन्। त्यस समयमै सडक दुर्घटना अकाल मृत्युको आठौँ कारण हो विश्वमा भन्ने ठहर भो। जुन सन् २०३० मा तेस्रो कारण बन्ने खतरा रहेको छ। कुनै दिन त्यो विश्वकै पहिलो अकाल मृत्युको कारण बन्ने अवस्था नआउला भन्न सकिन्न। 

तर नेपालमा भने सन् २०३० कुर्नुपर्ने छैन किनकि आजै अकाल मृत्युको पहिलो कारण हो सडक दुर्घटना, जसलाई केही मात्र प्रयत्न गरे न्यूनीकरण गर्न सकिन्छ। सन् २००९ मा पहिलोपटक विश्वकै मन्त्रीस्तरीयसहित मिटिङ भयो रसियाको मस्कोमा, जुन मिटिङ विश्वकै सडक सुरक्षको लागि एउटा कोसेढुंगा बन्न सक्यो।

आज धनी, गरिब, ठूला, साना, नयाँ, पुराना सबै देश सडक सुरक्षा जस्तो मानव निर्मित तर भयावह समस्या भोगिरहेका छन्।  धेरै र थोरै भन्ने मात्र हो। कुनै देशले सुरक्षाको लागि बढी गम्भीर भए भने कुनै देश कम भन्ने मात्र हो। मृत्युको संख्या आफैँमा ठूलो त नलाग्न सक्छ नेपालको, तर प्रत्येक व्यक्तिको, परिवारको लागि  अनाहकमा, कसैको बेइमानीले, कसैको लापरवाहीले, कसैको बदमासीको कारणले ज्यान गुमाउनुको पीडा हामी सबैलाई महसुस नहुन सक्छ।

त्यसकै परिणाम होला त्यही बेसमा टेकेर सन् २००९ मा संयुक्त राष्ट्रसंघले सन् २०११-२०२० लाई सडक सुरक्षा दशक घोषणा गर्‍यो र त्यतिबेला दैनिक ३५ सयको हाराहारीमा अनुमान गरिएको दुर्घटनाको मृत्यु संख्या आधा घटाउने निर्णय गर्‍यो। साथै संसारका सबै सरकारसँग आह्वान गर्यो कि त्यसको लागि Convention को अनुमोदन, राष्ट्रिय ऐन÷कानुन र कार्यक्रम, समुदाय परिचालन र नेट्वर्किङ्ग अर्थात् सामुहिक प्रयासको लागि जनसहभागिता। विश्वका धेरै देशहरूले ति कार्य गरे तर दुर्भाग्य मेरो सरकारलाई त्यसले छुँदै छोएन।

अझ भनौँ बर्सेनि हजारौंको संख्यामा भएको अकाल मृत्युप्रति मेरो सरकार आजसम्म गम्भीर भएको महसुस गर्न सकिएको छैन। अब केही सकारात्मक कार्य होला कि भन्ने आशा मात्र हो, विश्वास भने छैन, किनकि टालटुले एक्सन प्लान (Nepal Road Safety Action Plan 2013-2020) ल्यायो सरकारले सन २०१३ मा, त्यो आज कुन हालतमा छ, ल्याउनेलाई नै पत्तो छैन भने भोग्नेलाई के थाहा। 

आज धनी, गरिब, ठूला, साना, नयाँ, पुराना सबै देश सडक सुरक्षा जस्तो मानव निर्मित तर भयावह समस्या भोगिरहेका छन्।  धेरै र थोरै भन्ने मात्र हो। कुनै देशले सुरक्षाको लागि बढी गम्भीर भए भने कुनै देश कम भन्ने मात्र हो। मृत्युको संख्या आफैँमा ठूलो त नलाग्न सक्छ नेपालको, तर प्रत्येक व्यक्तिको, परिवारको लागि  अनाहकमा, कसैको बेइमानीले, कसैको लापरवाहीले, कसैको बदमासीको कारणले ज्यान गुमाउनुको पीडा हामी सबैलाई महसुस नहुन सक्छ। 

तसर्थ, यस्ता दिवसकै सन्दर्भमा भए पनि उहाँहरूलाई सम्झनु हाम्रो कर्तव्य हो। सकिन्छ केही गर्ने प्रण गरौँ, सकिन्न भने कसैको ज्यानमाथि खेलवाड नगरौँ। 

सडक दुर्घटनाबाट अकाल मृत्यु  भएको संख्या र देश सन् २०१८ :

भारत —१ लाख ४० हजार

अमेरिका — ४० हजार

थाइल्याण्ड — २४ हजार

रसिया — १५ हजार

श्रीलंका — २,३६८

जमैका — २९९

नेपाल — ३,००० को हाराहारी

प्रत्येक लाख जनसंख्यामा दुर्घटनाबाट मृत्यु हुने दर थाइल्याण्डमा ३६ जना, मलावीमा ३५ जना र लाइबेरियामा ३३ जना रहेको देखिन्छ। यसलाई हेर्दा त हामीले थोरै मात्र सामूहिक पहल गर्‍यौँ भने र सरकार त्यसमा थोरै मात्र गम्भीर भए निकै सुधार गर्न सकिन्थ्यो। किनकि त्यो संख्या नेपालमा १० जनाको हाराहारीमा देखिन्छ भलै त्यसको आधिकारिकता प्रति नेपाल सरकार र विश्व स्वाथ्य संगठनलगायत निकायहरूको आ-आफ्नै तथ्य र तर्कहरू छ।

विश्वका २०० (लगभग) देशमध्ये स्विडेन र नर्वेले ५० प्रतिशत होइन शून्यमै झार्ने प्रतिबद्ता गरेका छन्। त्यसले बुझ्न सकिन्छ कि गरे हुने रहेछ नि! सन् २०१२ मा UN ले गरिब तथा कमजोर संरचना भएका मुलुकमा ३५ प्रतिशतसम्म घटाउनुपर्ने पुन: निर्णय गर्‍यो, भनौँ कि सरकारलाई छुट दियो। 

विकास र प्रविधिसंँगै नयाँ समस्या र चुनौती पनि थपिएकै छन्। दुनियाँमा गाडीको विकाससँगै त्यसको दुर्घटनाबाट हुने हानि नोक्सानीबारे कमै सोचिएको थियो होला सायद। तर, विश्वले जति नै चमत्कार गरे पनि सडक र सवारी भने आज पनि झन् असुरक्षित बन्दै गएको छ।

५० प्रतिशत र ३५ प्रतिशतसम्म पुगेको UN अभियान आज कहाँ पुग्यो र कहाँ चुक्यो? उत्तर कसैसित छैन भने नेपालमा र झन् हाम्रा हाकिमहरूलाई हाइसन्चो हुने भइहाल्यो। किनकि आज ३५०० भनिएको संख्या ३६९८ पुग्यो भनिएको छ भने नेपालमा १४ सयको हाराहारीमा संख्या बढेर झन्डै लगभग दोब्बर पुगेको छ। त्यही अनुपातमा घाइते, अंगभंग र आर्थिक क्षतिको छ। 

नेपालमा UN Special Envoy for Road Safety Mr. Jean Todt को पहिलो भिजिट सन् २०१२ मार्फत नेपाल अटोमोवाइल्स एसोसिएसन -NASA_ को पहलमा सडक सुरक्षा अभियानले देशव्यापी आकार ग्रहण गरेको हो। आज नेपालका दर्जनौं संघ संगठन समेत रोड सेफ्टीको क्षेत्रमा संलग्न छन्। 

सन् २०१३ मा दोस्रो UN Global Road Safety Week पहिलोपटक नेपालमा मनाइन सुरु गरिएको हो नासा नेपाल लगायतका संघसंस्थाले। त्यस्तै, तेस्रो र चौंथो पनि मनाउदै अहिले हामि पाचौं UN Global Road Safety Week मनाउने चरणमा छौँ।   

 विकको नारा समेत फरक राखिएको थियो।

पहिलो विक (2007)  Youth Road Safety

दोस्रो विक (2103)  Pedestrian Safety

तेस्रो विक (2015)  Save Kids Lives

चौथो विक (2017) Slow Down

र यस पटकको मुख्य थिम  Speak Up (Leadership) राखिएको छ र विश्वभरका सरकारी र नागरिक दुवै स्तरमा यो अभियान मनाइँदै छ।

विकास र प्रविधिसंँगै नयाँ समस्या र चुनौती पनि थपिएकै छन्। दुनियाँमा गाडीको विकाससँगै त्यसको दुर्घटनाबाट हुने हानि नोक्सानीबारे कमै सोचिएको थियो होला सायद। तर, विश्वले जति नै चमत्कार गरे पनि सडक र सवारी भने आज पनि झन् असुरक्षित बन्दै गएको छ।

त्यसको एकमात्र उपाय भनेका हामी स्वयम्को सचेतना, पूर्वाधार, प्रविधि र पूर्ण ऐन कानुन र सफल कार्यान्वयन हुन्। तसर्थ, यस्ता दिवसमै सहि त्यस तर्फ सरकारी ध्यानाकर्षण गर्नु पनि हाम्रो दायित्व हो। 

यस पटक नेतृत्व विकासको थिममा यो विक मनाइँदै छ। किन पनि होला भने UN Decade को अन्तिम वर्षमा छौँ हामी। एक दशकका यस क्षेत्रका नेतृत्वकर्ताको पहिचान गर्नु पनि जरुरी छ। त्यस्तै, आगामी वर्ष स्विडेनमा हुने ग्ल् मन्त्रिस्तरिय सम्मेलनको लागि राष्ट्रिय कार्यक्रम, रिपोर्टिङ्ग र प्रतिवद्धता समेत प्रस्तुत गर्नु छ। त्यस्तै आगामी दशकको लागि रणनीतिक योजना समेत तयार गर्नु पर्ने कारणले पनि यसपटकको Road Safety Week को विशेष महत्व छ।

आज रोडमा 'स्टार रेटिङ' सुरु भएको छ विश्वभर, नेपालमा पनि हामी सुरक्षित सडकको आसमा छौँ। गाडी सुरक्षित पार्नको लागि Global Ncap उ जस्तो निकाय कार्यरत छ भने Federation Internationale de l’ Automobile (FIA) को विश्वव्यापी नेतृत्व , नेटवर्किङ र निरन्तरता छ सडक सुरक्षामा। 

International Road Federation (IRF) / International Road Assessment Programme जस्ता प्राविधिक विश्व संस्थाहरू सेफर मोबिलिटी कै लागि कार्यरत छन्।  तैपनि समस्या ज्यू का त्यू छ किन ? १० वर्षमा दैनिक २०० मृत्यु थपिएको छ। त्यस हिसाबले UN नै असफल भएको हो त भन्ने प्रश्न पनि देखिन्छ।      

UN Decade of Action For Road Safety शुरु भएको ठ्याक्कै नौं वर्ष पुग्यो। त्यसबाट हामीले केहि सिक्यौं या सिकेनौं, त्यो इतिहास भइसक्यो।  अबको  एक वर्षमा नौं वटा कार्य गर्ने प्रण गरौँ यस दिवसकै सन्दर्भमा भएपनि।जसले नेपाल सरकारको, रोड सेफ्टी अभियानकर्ताहरूको, नीति निर्माता र संसदहरूको, दातृ तथा विकासे नियोगहरूको साच्चिकै सडक सुरक्षा प्रतिको इमान्दारी देखिनेछ। जस्तो कि :

१  सडक सुरक्षा काउन्सिल गठन

२  सान्दर्भिक ऐन कानुन निर्माण

३  संगठनिक, प्रशासनिक संरचनाको विकास  

४  विभिन्न पूर्वाधारको निर्माण

५  प्रविधिको विकास र प्रयोग

६  दक्ष र इमान्दार कर्मचारीतन्त्र

७  अन्तरसरकारी समन्वय

८  आवश्यक बजेटको विनियोजन

९  स्टेकहोल्डर्स बीचको सहकार्य 

अन्तमा UN सफल होस् या असफल, हामीले नेपाललाई साच्चिकै सफल बनाउने हो भने सुरक्षित र दिगो यातायात प्रणालीको विकास गर्नैपर्छ। त्यसले मात्र हाम्रो समृद्ध नेपालको सपनालाई साकार बनाउनेछ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.