काठमाडौं : सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयकको विरोधमा एमालेसहितका युवा विद्यार्थीहरूले सोमबार बिहान सडक दौड गरेका छन्।
युवा संघ नेपाल र अनेरास्ववियुको अगुवाईमा संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म दौडको आयोजना गरिएको थियो।
संसदमा पेश गरिएको संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै विधेयक फिर्ता लिन सरकारलाई दबाब दिन आन्दोलनको रचनात्मक स्वरुप अपनाइएको युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।