|

काठमाडौं : नेपालको सबैभन्दा लामो जात्रा, रातो मच्छिन्द्रनाथको जात्रा आइतबारबाट विधिवत रूपमा शुरु भएको छ। 

ललितपुरको कटुवाल दहबाट मच्छिन्द्रनाथलाई कलशमा छोपेर विभिन्न विधिपूर्वक तःबहालस्थित मन्दिरमा महिलाले बोकेर ल्याई तान्त्रिक विधिद्वारा प्राण हालेपछि आठ पानेजुमध्ये चारचार जनाले पूजाआजा र बाजागाजासहित खटमा राखेर पुल्चोक पुर्‍याइएको थियो।

पाटनको मच्छिन्द्र बहालको मन्दिरबाट गुरुजुको पल्टनसहित मच्छिन्द्रनाथको मुर्तीलाई पुल्चोकमा तयार गरिएको रथमा रथारोहण गरिएपछि यो जात्रा विधिवत रूपमा सुरु भएको हो।

वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरिसकेपछि अक्षय तृतियाका दिन गौदानसहितको शान्ति स्वस्ति पश्चात् चौथी तिथिमा रथयात्रा आरम्भ गरिन्छ। यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गा बहाल, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। 

आगामी बुधबार पुल्चोकबाट रथ यात्रा शुरु हुनेछ। 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.