|

काठमाडौः खुलामञ्चमा सम्झौता विपरीत निर्माण भएको सटरहरु काठमाडौं महानगरपालिकाले एक साता अगाडि हटाएको थियो। सटर हटाएपछि यात्रुलाई आवतजावत गर्न सहज भएको छ। दैनिक हजाराै‌ यात्रु  होरदोहोर गर्छन्। खुला मञ्चको पेटीमा सटर बन्दा यात्रुलाई आवतजावत गर्न असहज भएको थियो।

सटर हटाएपछि बसपार्कबाट जाने यात्रुको लागि हिडनको लागि सहज भएको बताउँछन रामेछापका श्याम खडका। हिडने गोरेटोमा सटर बनाएर यात्रुले सास्ती भोग्नुपरेको थियो। खुला मञ्चमा सटर निर्माण भएपछि कमला खडकाले सटर बनेपछि पसल थापेकी थिइन्। सडकमा बसेर व्यापार गर्दा असहज भएको कारणले सटरमा आएर व्यापार गर्न आएको आफ्नो अनुभव सुनाइन्। व्यापार सुरु गरेको पाँच दिनमा महानगरले डोजर लगाएर सटर हटाएको उनको गुनासो छ। सटर हटाएपछि सडकमा व्यापार गर्दै आएका अन्य व्यापरी भने बोल्न मानेनन्।

जलेश्वर बिकोइ स्वच्छन्द कम्पनीले महानगरको स्वीकृती बिनै सटर निर्माण गरेको थियो। राजधानीबासीको चौतर्फी विरोध पछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा काठमाडौं महानगरपालिकाले  सटर हटाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.