|

काठमाडौं : डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच प्रज्ञा भवन कमलादीमा एकता सभा भइरहेको छ । 

मधेस आन्दोलबाट उठेको संघीय समाजवादी फोरम नेपाल र तत्कालीन माओवादीबाट छुटेर बनेको नयाँ शक्ति नेपालको एकतापछि समाजवादी पार्टी नेपाल बन्दैछ । 

वैकल्पिक शक्ति बन्ने अभियानमा रहेका डा. बाबुराम र तराई मधेसको पहिलो शक्ति बन्ने अभियानमा रहेको फोरमबीचको एकतापछि पार्टी देशभर फैलिने विश्वास दुवै पक्षले लिएका छन् । 

यो एकतापछि डा.बाबुरामलाई तराई–मधेससम्म पुग्ने गतिलो अवसर मिलेको छ। अर्कातिर पहाडमा कम्जोर रहेको उपेन्द्र नेतृत्वको फोरमको संगठनमा पनि बाबुराममार्फत् हिमालसम्म पुग्ने विश्वास नेताहरुले गरेका छन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.