प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्णसमानुपातिक संसदीय प्रणाली

|

काठमाडौं : नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपाल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ । नयाँ पार्टी एकीकरणको घोषणा सोमबार प्रज्ञा भवन कमलादीमा भएको हो । 

यो घोषणासभामा समाजवादी पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अपनाउने नीति बनाएको छ । एकता सभाका क्रममा पार्टीका नेता रामसहायप्रसाद यादवले वाचन गरेको दुई पार्टीबीच एकताको घोषणापत्रमा यस्तो उल्लेख गरिएको हो ।  

घोषणा पत्रमा पूर्ण समानुपातिक समावेशी संसदीय प्रणाली अपनाउने कुरा उल्लेख गरिएको छ । त्यसैगरी समाजवादी पार्टी नेपालले संविधान संशोधन गरेर ११ प्रदेश बनाउनुपर्ने आफ्नो मान्यता पनि सार्वजनिक गरेको छ। 

एकता सभाका क्रममा आजैका मितिदेखि नयाँ शक्ति र फोरम नेपाल विघटन गरिएको घोषणा पनि गरियो । दुई पार्टी एक भएपछि समाजवादी पार्टी नेपालले समाजवादी विचारधारा व्यक्ति र अन्य पार्टीलाई एकतामा आउन पनि आह्वान गरेको छ। 

समाजवादी पार्टी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उलब्धीको रक्षा र विकास गर्नुलाई आफ्नो मुख्य राजनीतिक कार्यदिशा बनाएको छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.