|

बर्दिया : सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न थालेको छ। सामुदायिक विद्यालयले पढाईको गुणस्तरमा सुधारको प्रयास गरेसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्न थालेको हो।

स्थानीय तह भएपछि सरकारी विद्यालयको गुणस्तर सुधार्न प्रयास थालेसँगै विद्यार्थी तथा अभिभावकहरू सरकारी विद्यालयप्रति आकर्षित भएका हुन्। पहिले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउँदै आएका अभिभावक समेत अहिले निजी विद्यालय छाडेर सरकारी विद्यालयमा छोराछोरी भर्ना गर्न थालेका छन्। पछिल्लो समय अंग्रेजी भाषाप्रति सर्वसाधारणको मोह बढेपछि बर्दियाका सामुदायिक विद्यालयले पनि निजी विद्यालयको मोडेलमा नर्सरीदेखि नै अंग्रेजी माध्यममा पढाई सञ्चालन गर्न थालेका छन्।

बैशाख महिनालाई भर्ना अभियानको महिना भन्दै निजी विद्यालय र सामुदायिक विद्यालयले घर घरमा गई सबै भन्दा धेरै कुन विद्यालयले विद्यार्थी तान्ने होड बाजी चलिरहेको बेला बढैयातालको जन प्रिय आधारभूत विद्यालयले भर्ना अभियानमा १०० भन्दा बढी नयाँ विद्यार्थी भर्ना गर्न सफल भएको छ। 

स्थानीय जनता, जनप्रतिनिधि,सरोकारवालाको समन्वय र सक्रियतामा जनप्रिय आधारभूत सामुदायिक विद्यालयले २०७१ सालबाट नर्सरीदेखि अंग्रेजी माध्यममा पढाई सञ्चाल गर्दै आएको हो। यस्तै ठाकुरबाबा नगरपालिकाको त्रिभुवन माध्यमिक विद्यालयमा समेत विद्यार्थीको चाप बढ्दो छ। विद्यालयले कक्षा ८ सम्म अंग्रेजी माद्यायमबाट पढाई सुरू गरेको विद्यालयका प्रधानाध्यापक कुशेस्वर चौधरीले जानकारी जानकारी दिए।

साना बालबालिकाको लागि सवारी साधनको ब्यवस्था र निजीको भन्दा सामुदायिक विद्यालयको शिक्षण सिकाई ब्यवहारिक र उपलव्धिमूलक भएपछि अभिभावक र विद्यार्थीको रोजाईमा सरकारी विद्यालयहरू पर्न थालेका छन्। सरकारी विद्यालयमा विद्यार्थीलाई अझ आकर्षण गर्न सामुदायिक विद्यालयहरूले पढाईलाई थप गुणस्तरीय र व्यवस्थित बनाउनुपर्ने जनाइएको छ।

सरकारी विद्यालयको पढाईलाई गुणस्तरीय बनाउन बर्दियाको ठाकुरबाबा नगरपालिकाले सरकारी विद्यालयका शिक्षकलाई आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन रोक लगाइसकेको छ। अहिले नगरपालिकाले यस्तो निर्णय गरेसँगै सरकारी विद्यालयको पदाईको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ।

ठाकुरबाबा नगरपालिकाको शिक्षाको स्तरलाई सुधार गरेर शैक्षिक हब नै बनाउने प्रयासमा नगरपालिका लागि परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.