|

तनहुँ : मुग्लिनको नेपालकै नमूना पुल निर्माण कार्य पूरा भएको छ। त्रिशुली नदीमाथि निर्माण भएको चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिका जोड्ने उक्त पुलको निर्माण कार्य सम्पन्न भएको हो। 

पुलको निर्माण कार्य पूरा भएको पुल आयोजना सेक्टर नम्बर २ मध्यक्षेत्र पाटनढोका ललितपुरले जनाएको छ। पुलको दायाँबायाँ दुवैतिर बाटो बनाउने काम भइरहेको आयोजनाका इन्जिनियर रमेश सुवेदीले बताए। १६० मिटरको लामो आर्क टाइपको पुल नेपालकै लामो र नमुना हुने उनको दावी गरे। ‘पुल निर्माण कार्य पूरा भइसकेकाले एप्रोचको काम मात्रै बाँकी छ,’ उनले भने। 

जेठ अन्तिम साताबाट सवारीसाधन सञ्चालन

जेठको अन्तिम साताबाट सवारीसाधन सञ्चालन गर्न सकिने आयोजनाका इन्जिनियर रमेश सुवेदीले जानकारी दिए। पुल निर्माणका लागि ११ करोड रुपैयाँ भुक्तानी भइसकेको इन्जिनियर सुवेदीले बताए। ‘ठेकेदारलाई एक करोड भुक्तानी दिन बाँकी छ। एप्रोचको काम पूरा भएपछि मात्रै भुक्तानी दिने छौँ,’ उनले भने। 

विश्व बैंकको १२ करोड रुपैयाँको लागतमा निर्माण गरिएको आयोजनाले जनाएको छ। २०३२ सालमा निर्माण गरिएको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएर सडकमै सवारी साधनहरू चिप्लिएर दुर्घटना हुने क्रम बढेपछि उक्त पक्की मोटरेबल पुल निर्माण कार्य थालिएको हो। 

पहाडी क्षेत्रमा आकर्षित 

गोलो आर्क टाइपको यस्तो पुल नेपालको पहाडी क्षेत्रहरूमा सुहाउँदो हुने र आकर्षित देखिने इन्जिनियर सुवेदीले बताए। उक्त पुल निर्माण भएपछि गण्डकी प्रदेशको राजधानी पोखरा, तनहुँ, लमजुङ, गोर्खा, स्याङ्जा, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङ, मनाङ लगायतका जिल्लाहरूमा यातायातमा सहज हुने आयोजनाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.