|

काठमाडौं : बैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकबाट नीति तथा कार्यक्रम पारित भएको हो। नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने क्रममा भने संसदमा होहल्ला र विवाद भयो। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफबाट आक्रोशित भए। ओलीले सांसदका प्रश्नको जवाफ दिने क्रममा 'आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्ति'लाई वास्ता नगरी जवाफ दिन्छु' भनेपछि संसदमा लफडा भएको हो। त्यसपछि प्रमुख विपक्षी दल कांग्रेसका सांसदले उभिएर संसद अवरोध गरेका थिए। 

रोष्ट्रममा जवाफ दिन पुगेका प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन कांग्रेस  सांसदहरूले माग गरेका थिए। 

यसक्रममा कांग्रेस सांसदहरूले सभामुख कृषणबहादुर महराले संसदलाई मर्यादित रूपमा संचालन गर्न नसकेको पनि आरोप लगाएका थिए। प्रतिपक्षका सांसदहरूले प्रधानमन्त्री ओली र सभामुख महरामाथि औँला तेर्स्याएका हुन्।

सभामुखले मर्यादित रूपमा संसद नचलाएको र प्रधानमन्त्रीको दम्भ रोष्ट्रमबाटै देखिएको भन्दै उनीहरूमाथि प्रश्न तेर्सिएको हो।

सम्बन्धित समाचारः 

हेर्नुहोस् संसदमा भएको लफडा तस्बीरमाः

नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन जाँदै प्रचण्ड।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन जाँदै ओली। 

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै ओली।

नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै प्रकाशमान सिंह।

संशोधन प्रस्ताव फिर्ता नलिने जानकारी गराउँदै सांसद प्रेम सुवाल।

प्रधानमन्त्रीको प्रष्टिकरणमा आएका शब्दप्रति आक्रोश पोख्दै कांग्रेसका सांसद।

आक्रोशित गगन थापा।

प्रधानमन्त्री ओली रोष्ट्रमबाट फर्किँदै।

ओलीले जवाफ दिँदै गर्दा बसेका सत्ताधारी सांसद उभिएका प्रतिपक्षी।

प्रष्टिकरण दिएर फर्किएपछि एकअर्काको सामुन्ने पुगेका ओली र देउवा।

प्रधानमन्त्री आसनमा बस्दैगर्दा चर्को विरोध गर्दै कांग्रेस सांसद।

थामिएन विरोध।

 नीति तथा कार्यक्रममाथिका संशोधन बहुमतले अस्वीकार।

देउवाको आक्रोशित नजर ओलीतिर।

नीति तथा कार्यक्रम पारित।

नीति तथा कार्यक्रम पारित, कांग्रेसको विरोध जारी।

बैठक सकियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.