|

महोत्तरी : नीति तथा कार्यक्रमको छलफलका लागि मंगलबार बसेको संसद् बैठकमा ठुला भ्रष्टाचारकाण्डबारे सांसदहरुबीच बाझाबाझ भयो ।

प्रतिपक्षी दलका सांसदहरुले वाइड बडी, बालुवाटारको जग्गा र सुन तस्करी जस्ता काण्डमा सरकार मौन बसेको आरोप लगाए । अर्कातिर नेकपाका सांसदहरुले यी काण्ड कांग्रेसकै सरकारको पालमा भएकाले अहिलेको सरकारलाई दोष लगाउन नमिल्ने बताए । यी काण्डमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको चर्चा हुने गरेको छ। 

यसैबीचमा भ्रष्टाचार नियन्त्रणका लागि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ध्यान भने खरिदार/सुब्बा तहका कर्मचारीमा केन्द्रित गरेको छ । अख्तियारको फन्दामा पर्ने धेरैजसो कर्मचारी खरिदार या नावय सुब्बा तहका रहेका छन् ।

केही सातायता अख्तियार खरिदार/नायब सुब्बा तहका कर्मचारीलाई केही हजार र केही लाख घुससहित समातिरहेको छ। 

पछिल्लो पटक अख्तियारको टोलीले महोत्तरीस्थित इलाका प्रशासन कार्यालय, रामगोपालपुरका कम्प्यूटर अपरेटर अशोक कुमार सिंहलाई ४ हजार घुससहित समातेको छ।

नागरिकत्ताको प्रमाण-पत्र सजिलै बनाइदिएको भन्दै ४ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारको बर्दिबासस्थित टोलीले उनलाई पक्राउ गरेको हो । 

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सिंहले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन्। उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रवक्ता कोइरालाले बताए । 

यसअघि उच्च अदालत तुलसीपुरको नेपालगन्जका नायव सुब्बा कृष्णकुमार पाठकलाई अख्तियारको टोलीले तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.